नाइट चेस क्लबले ल्यायो नयाँ कार्यक्रम : पहिलो पटक रेपिड चेस च्याम्पियनसीप प्रतियोगिता हुने


२ पुष २०८२, बुधबार १२:२५ मा प्रकाशित

पुस २, काँकरभिट्टा ।। मेचीनगरमा पहिलो पटक रेपिड चेस च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ । नाइट चेस क्लब काँकरभिट्टाको आयोजनामा यहि पुस ५ गते पहिलो केसीसी प्रेसिडेन्ट खुल्ला रेपिड चेस च्याम्पियनसीप प्रतियोगिता हुने भएको हो । आज क्लबले पत्रकार सम्मेलन गरेर उक्त प्रतियोगिताका बारेमा जानकारी गराएको होे ।
क्लबका अध्यक्ष विश्वविजय घिमिरेले नयाँ प्रतिभा प्रोत्साहन तथा उत्पादनमा योगदान पुग्ने गरी प्रतियोगिताको आयोजना गरिएको बताउनु भयो । प्रतियोगिता विभिन्न क्याटोगोरीमा रहेको र विजेतालाई १ हजार ५ सय देखि १० हजारसम्मको पुरस्कार राशी रहेको क्लबका वरिष्ठ उपाध्यक्ष तथा टुर्नामेन्ट डाइरेक्टर राजु पौडेलले जानकारी दिनु भयो । काँकरभिट्टामा पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा भारत लगायतका देशबाट पनि सहभागिता हुने आयोजकले बताएको छ । विशेष गरेर कोशी प्रदेशलाई लक्षित गरी प्रतियोगिताको तयारी गरिएको प्रतियोगिता संयोजक तथा क्लबका पूर्व अध्यक्ष शेरबहादुर बस्नेतले बताउनु भयो । प्रतियोगितामा विभिन्न चरणमा गरेर कुन २१ जनालाई नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने खेल संयोजक बशन्त श्रेष्ठले बताउनु भयो ।
यस्ता प्रतियोगिताले मेचीनगरको मानसम्मान र गरिमा वृद्धि हुने भएकाले सबैले सहयोग गर्न वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले आग्रह गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका वडाध्यक्ष तामाङले नाइट चेस क्लबले राष्टिय अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु सम्पन्न गरेको स्मरण गर्दै नव प्रतिभा उत्पादनमा उल्लेखनीय योगदान गरेको बताउँनु भयो । प्रतियोगितामा पहिलो हुनेलाई रु १० हजार, दोस्रो हुनेलाई रु ७ हजार, तेस्रो हुनेलाई ५ हजार र चौथो हुनेलाई रु ४ हजार नगद र प्रमाण प्रत्रले पुरस्कृत गरिने क्लबका महासचिव राजेश राउतले जानकारी गराउनु भएको थियो । महासचिव राउतका अनुसार उत्कृष्ठ १५ औसम्म पुरस्कृत गरिने छ भने क्याटोगोरी अन्तरगत ६ जनालाई पुरस्कृत गरिने छ । प्रतियोगितामा पुरस्कारका लागि कुल ६० हजार ५ सय रकम विनियजन गरिएको महासचिव राउतले बताउनु भयो । प्रतियोगिता यहि पुस ५ गते शनिवारका दिन काँकरभिट्टा क्याम्पसको हलमा आयोजना हुनेछ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here