मङसिर २७, झापा ।। काँकरभिट्टा स्थित शिवालय मन्दिर परिसरमा कोशी प्रदेशकै ठुलो शिव प्रतिमा निर्माण हुने भएको छ । शनिवार सम्पन्न विश्वनाथ शिवालय मन्दिर समितिको १६ औं वार्षिक साधारणसभाले यस्तो योजना पारित गरेको हो । काँकरभिट्टाको पहिचानसँग जोडिएको शिवालय मन्दिर यहाँको पुरातन र प्रशिद्ध धार्मिक स्थलका रुपमा परिचित छ । साधारण सभामा मन्दिर समितिका अध्यक्ष लक्ष्मण बस्नेतले प्रस्तुत गुर्न भएको प्रतिवेदनमा विशाल शिव प्रतिमा निर्माणदेखि यस क्षेत्रलाई धार्मिक पर्यटनका रुपमा विकास गर्न महत्वपूर्ण योजनाहरु प्रस्तुत गर्नु भएको थियो । हाल सशस्त्र प्रहरी बलले प्रयोग गर्दै आएको धर्मशाला भवन र क्षेत्रलाई गुरुकुलका रुपमा विकास गर्ने कार्ययोजना समेत प्रस्तुत भएको थियो ।
साधारण सभाका प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य गोपाल तामाङले मन्दिरले प्रंस्तुत गरेका योजनाहरु दीर्घकालिन महत्वको भएको उल्लेख गर्दै यसको कार्यन्वयनमा भरपुर सहयोग गर्ने बताउनु भयो । साँसद तामाङले आफ्नो कार्यकालमा यस क्षेत्रको विकास र प्रगतिकालागि दिलोज्यानले लाग्ने बताउनु भयो । कार्यक्रमका विशेष अतिथि मेचीनगरका पूर्व नगरप्रमुख विमल आचार्यले मन्दिर रहेको जग्गा सम्बन्धि विवादलाई समाधान गर्न सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।
नेपाल विश्वनाथ शिवालय मन्दिर समितिका अध्यक्ष लक्ष्मण बस्नेतको अध्यक्षतामा आयोजित सभामा विशेष अतिथिका रुपमा मेचीनगर वडा नम्बर ६ का वडा अध्यक्ष ललित बहादुर तामाङ, प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सुभद्रा अर्याल, लेखक तथा पत्रकार सन्तोष आचार्य, महाकाल मेचीनगर युवा अध्यक्ष विकाश अधिकारी, जेन्जी मेचीनगर अध्यक्ष रितिक थापा लगायतले शुभकामना व्यक्त गरेका थिए । सनातन धर्म मेचीनगर अध्यक्ष नेत्र भट्टराईले स्वास्ती बाचन गर्नु भएको थियो भने मन्दिर समितिकी उपाध्यक्ष बिष्णुमाया उप्रेतीले स्वागत गर्नु भएको थियो । मन्दिर समितिका सचिव गोपाल शिवाकोटीको सञ्चालन गरेको कार्यक्रममा पन्चमुखी हनुमान मन्दिर अध्यक्ष आनन्द अग्रबाल,आधुनिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल थापा, प्रेस क्लव मेचीनगर सचिव प्रविण अधिकारी, पुर्बी नेपाल यातायात व्यवसायी प्रा लिका प्रतिनिधी जयप्रसाद तामाङ , ब्राह्मकुमारी राजयोग प्रतिनिधी रमाकुमारी, काँकरभिट्टा माविका अध्यक्ष भुपाल शिवाकोटी, सशस्त्र प्रहरी सुरक्षा बेश क्याम्प काँकडभिट्टा प्रतिनिधी रुद्र श्रेष्ठ, लायन्स क्ल्व मेचीनगरका अध्यक्ष दिपक कार्की, नव दुर्गा कृतन मण्डली अध्यक्ष भोज कुमारी बुढाथोकी , ईट्टाभट्टा बजार व्यवस्थापन अध्यक्ष खडानन्द भण्डारी , लक्ष्मीनारायण कृतन मण्डली भानु टोल अध्यक्ष बेदमाया प्याकुरेल, ॐ नमः शिवाय कृतन मण्डलीका अध्यक्ष मित्रलाल कट्टेल , सल्लाहकार मुक्तिनाथ पौडेल, क्याप्टेन गोपीलाल लिम्बू लगायतको उपस्थिति रहेको थियो ।








