सुसेलीको पाँचौ सनिवारे सृंखला : ‘काव्यशास्त्र विनोदेन’ सम्पन्न


७ मंसिर २०८२, शनिबार १९:३४ मा प्रकाशित

मंसिर ६, काँकरभिट्टा ।। पूर्वको अगुवा साहित्यिक संस्था सुसेली साहित्यिक परिवारको सनिवारे सृंखला ‘काव्यशास्त्र विनोदेन’ सम्पन्न भएको छ । सुसेलीले प्रत्येक महिनाको पहिलो सनिवारलाई सुसेली सनिवारका रुपमा सुरु गरेको गोष्टिको पाँचौं सृंखला आज पूरा भएको हो । काँकरभिट्टा स्थित देवकोटा पार्कमा साहित्यिक परिवारका अध्यक्ष पुन्यप्रसाद खरेलको अध्यक्षतामा आयोजित शनिवारे गोष्टिमा कवि साहित्यिकारहरुले आफ्ना रचना प्रस्तुत गर्नु भएको थियो । गोष्टिमा कविहरु डिपि शर्मा, मोक्ष खतिवडा, मोहन पाठक, तोयालाल दाहाल, सिसा चौधरी (थारु), नमुना निरौला दाहाल, दमयन्ती गिरी, कनक कार्की, मदन अधिकारी, पुण्यप्रसाद खरेल, ज्ञानेन्द्र ढुङ्गाना, भूवन सुब्बालगायतले गजल तथा कविता प्रस्तुत गर्नु भयो । गोष्टिमा कल्पना ओलीले आफ्नो छोटोमिठो निबन्ध सुनाउनु भएको थियो भने पत्रकार तथा रिडर्स अभियान्ता सन्तोष आचार्यले हालसालै पढ्दै गरेका दुई पुस्तक तीर्थ सिग्देलद्वारा लिखित ‘त्यो झापा’ तथा डा. नवराज केसीको ‘स्वस्पर्श’ बारे संक्षिप्त चर्चा गर्नु भएको थियो । सुसेलीका उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्वागत गर्नु भएको
कार्यक्रमको सञ्चालन सह–सचिव मदन अधिकारीले गर्नुभएको थियो ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here