जलेको कार्यालय मर्मतपछि पहिलोपटक च्यासलमा एमाले सचिवालय बैठक


५ मंसिर २०८२, बिहीबार १३:५५ मा प्रकाशित

मंसिर ४, काठमाडौं ।। नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

Advertisement

केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यो बैठकले महाधिवेशन सम्बन्धी निर्णयहरू गर्नेछ । ‘महाधिवेशनको तयारी गर्न उपसमितिहरू बनाउनुपर्नेछ, अरू तयारीका निर्णय पनि हुनेछ,’ उनले भने ।

जेनजी आन्दोलनका क्रममा जलेको कार्यालय मर्मतपछि पहिलोपटक सचिवालय बैठक च्यासलमा बसेको हो ।

च्यासल अहिले आंशिक सञ्चालनमा आएको छ ।

‘संगठन विभाग र संसदीय दलको बैठक बसिसकेको छ । तर पार्टी सचिवालयको बैठक भने पहिलोपटक बस्न लागेको हो,’ गौतमले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here