भियतनाममा ग्बोलब एवार्ड २०२५ सम्पन्न, विभिन्न विधाका नेपाली स्रष्टा र साहित्यकार सम्मानित


१७ भाद्र २०८२, मंगलवार १२:०० मा प्रकाशित

भियतनाम – निकिला मिडिया नेटवर्क,एस.एम.पि र ग्रीन लाइफ योग दनाङ्गको संयुक्त आयोजनामा ग्लोबल कन्फरेन्स र अवार्ड २०२५ भव्य रूपमा सम्पन्न भएको छ। यहि भाद्र १३ गते इडेन होटेल दनाङ्ग भियतनाममा कार्यक्रम सम्पन्न भएको हो। ग्लोबल कन्फरेन्स्का अध्यक्ष नेपाली चर्चित अभिनेता श्रीदेव भट्टराईले कार्यक्रमको अध्यक्षता गरेका थिए। कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ समाजसेवी तथा भियतनामको पुर्ब रास्ट्रपतिकि बुहारी हुयेन थि लिउको उपस्थिति थियो।

Advertisement

उक्त कार्यक्रममा नेपालबाट विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्दै सहभागी भएका विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो। त्यसरी सम्मानित हुनेहरुमा चितवनमेडिकल कलेज का सह-निर्देशक अरुण कोइराला, व्यवसायी बिमन कार्की, वरिष्ठ साहित्यकार राधा देवी भण्डारी, कलाकार पुरूशोत्तम आचार्य, स्वास्थ्य ब्यवसायी गोपाल खड्का, समाजसेवी रञ्जिता गुरुङ, उद्यमी पुष्पा घिमिरे, नेपाल राष्ट्र बैंकका बैंकर कृष्ण केसी, वरिष्ठ गीतकार प्रमोद भट्टराई ‘प्रतिक’, वरिष्ठ कानुनविद् अधिवक्ता कलम ब.खत्री, लोकप्रिय गायिका भावना आचार्य रहेका छन् । उनीहरुलाई एवार्ड तथा प्रमाण पत्रद्वारा सम्मान व्यक्त गरिएको सम्मानित व्यक्तित्व तथा वरिष्ठ साहित्यकार राधा देवी भण्डारीले जानकारी दिनु भयो ।

वरिष्ठ साहित्यकार भण्डारीका अनुसार कलाकार पवन प्रसाद खतिवडा ‘बाबा’ लाई दशकौ कलाकार अवार्ड, सामाजिक अभियानता पुजा बि.क बस्नेतलाई उत्कृष्ट समाजसेवी अवार्ड,गायक अर्जुन खरेलले उत्कृष्ट लोकपप गायक अवार्ड (दुई-चुल्ठी ) सोंदर्यकर्मी मन्दिरा खड्का ह्ययुले उत्कृष्ट कस्मेटोलोजीष्ट अवार्ड हात पारे, साथै ममता खत्री र रिता देवी कटेल आचार्यहरुलाई प्रशंसा प्रमाणपत्र प्रदान गरिएको थियो। संपूर्ण सम्मनित अवार्ड विजेता, प्रशंसा पत्र प्राप्त व्यक्तिहरुलाई कार्यक्रमकी प्रमुख अतिथि बरिष्ठ समाजसेवी हुयन थी लिउको हातबाट अवार्ड, सम्मानपत्र वितरण गरिएको थियो। कार्यक्रमका भियतनाम संयोजक वरिष्ठ योगा प्रशिक्षक रमेश के.सीले नेपाल र भियतनामका दुवै अतिथिहरुलाई स्वागत गरे भने अनतराष्ट्रिय इभेन्ट डाइरेक्टर सोनितराज ढुङ्गेलले कार्यक्रमको उद्घोषण गरेका थए।

कार्यक्रममा दनाङ्ग अस्पताल भियतनामका वरिष्ठ चिकित्सक डा. फान भान लिएन, ग्रीनव्हिच विश्वबिद्यालय र दनाङ्ग क्याम्पसकि लेक्चरर फान चन फोउंग चांग, ट्री सर्भिस एण्ड टुरिजम कम्पनी लिमिटेडका सह: निर्देशक भोथि माइ थि , इनबैण्ड टुरिजम भियतनामका निर्देशक ङ्गयेन होइ चान, मेटा इंगलिस सेन्टर निर्देशक फान ले मिन चाउ, सामाजिक अभियन्ता टुयेट ले थाई, योगा टिचर ङ्गयेन सन, योगा र वेलनेस मास्टर गिरिराज तिमल्सिना लगायतका विशिष्ट व्यक्तिहरूको भियतनामबाट उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here