“लान्छनाबीचको युगपुरुष : श्रद्धेय नेता केपी शर्मा ओली”


२४ श्रावण २०८२, शुक्रबार ०९:५५ मा प्रकाशित

-अर्जुन कार्की//

Advertisement

राजनीतिक परिवर्तनको तरंगले हल्लिएको नेपालको इतिहासमा केही व्यक्तित्वहरू समयको प्रवाहमा लहरिए, केही उर्लिएर आए र केही मौन शक्तिका रूपमा स्थापित भए। तर नेकपा एमालेका श्रद्धेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली तीमध्ये फरक छन् ।उनले सत्ता प्राप्त गरे मात्र होइन, सत्ता आफूमा आत्मसात गरे। यिनको शैली, बोली, हाउभाउ, निर्णय, चुनौती दिने ढंग, अनि जस्तोसुकै संकटमा पनि ‘साहसी वाक्य’ निकाल्ने कला आफैमा अद्वितीय हो।

सिंहदरबारसम्मको यात्रा दुर्गम पहाडी गाउँबाट सुरु हुन्छ।ओलीको जन्म ताप्लेजुङको एउटा दुर्गम गाउँमा भएको तर राजनीतिक यात्रा झापाबाट सुरु भएको पाइन्छ।झापा आन्दोलनदेखि वर्तमानसम्म केपी ओलीले राजनीतिमा खेलेको भूमिका नारा मात्र होइन, विचार र जोखिमपूर्ण व्यवहारको मिश्रण हो। उनी राजनीतिमा ‘अड्ने’ मात्र होइन, ‘ठडिने’ नेताका रूपमा चिनिने नेताको रूपमा चिनिन्छन्।भूकम्प, नाकाबन्दी, कोभिड, MCC, राष्ट्रवादको बहस जस्ता चुनौतीहरूमा उनले नेतृत्व गर्दाको समयलाई सम्झिँदा पुग्छ। “म देश बेच्दिन” भन्ने भनाइले आम नागरिकको मन जित्यो। धरती मात्र होइन उनले आफ्नो देशको आकाश पनि फर्काएका छन्। यो सर्वसाधारणले बुझ्ने कार्य होइन। तर यो देशप्रतिको ठूलो उपलब्धि हो।उनको कालखण्डमा भएका राष्ट्रिय झन्डा गाड्ने अभियान, सीमाको नक्सा अद्यावधिक गर्ने साहस, भौगोलिक एकताका लागि प्रतिवद्धता, र संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पक्ष सशक्त रूपमा उठाउने प्रयासहरू आज पनि स्मरणीय छन्।

शैलीमा ओलीवाद ,आलोचना र आकर्षण दुबै क्षमता ले निपूर्ण भएका नेता हुन्।उनी नेताको मात्र रूपमा नभई भाषण र व्यवहारको ‘ब्रान्ड’ हुन्। व्यङ्ग्य गर्ने, प्रष्ट र सिधा बोल्ने, दायाँबायाँ नगर्ने ओलीवादले एकातिर जनमानसमा ऊर्जा भर्‍यो भने अर्कोतिर पार्टीभित्रै चर्को बहस पनि ल्यायो। तर आलोचना पनि कम भएन। गिरिबन्धु, टिस्टेट, विदेशी लगानी, विदेशी बैंक खातामा रकम जम्मा गरेको, भ्रष्टाचारको शंका, निर्णयमा अडान भन्दा पनि अहंकार देख्ने आलोचकहरूको भनाइ र “समूहभन्दा माथि व्यक्ति बन्न खोजेको” आरोपहरू मार्फत उनी विवादको घेरामा पनि परिरहन्छ। गैरकानुनी अपराध कार्य गर्नेहरू कानुनको कठघरा भित्र पस्दा होस्, मौसमी तुलफुलहरू नफल्नु ,प्राकृतिक रूपमा बढी वर्षा हुनु वा वर्षा नै भएन भने पनि ओलीलाई नै गाली गरेको पाइन्छ। हाम्रो चिन्तन कहाँ छ हामी कहाँ बहकिँदैछौं? एकपल्ट आफैतिर फर्क्यौँ।ओलीलाई लागेका कुनै उल्लेखित वा अन्य आरोप अदालत वा छानविनबाट प्रमाणित होइनन्।त्यसैले आरोपको वजनभन्दा उनको राष्ट्रप्रतिको योगदान बलियो देखिन्छ।पार्टीभित्रको संघर्ष ‘प्रेम–घृणा’चक्र नेकपा विभाजन, एमालेको पुनर्गठन, पुनः पार्टी अध्यक्षका रूपमा निर्वाचित हुनु र प्रधानमन्त्रीको दौडमा फेरि उभिनु यी सबै घटनाले उनी कमजोर भएको होइन, अझ सशक्त रणनीतिकार बनेको संकेत दिन्छ।पार्टीभित्र अडान लिने तर सहकार्य नगर्ने भन्ने आलोचना भए पनि, अन्ततः उनले पार्टीलाई झनै अनुशासित र प्रभावशाली बनाएका छन्। अहिले पनि एमाले नेतृत्वमा उनी एकछत्र छायाँझैं छन् न टाढा जान चाहने, न छायामा मात्र सीमित हुने।

विकास, संस्कृति र आत्मबलको सन्देश सबैको ढुकढुकीमा पुर्‍याएका छन्। स्वीकार मात्र नगरेका हुन।

उनको पालामा सुरू भएका विराट पूर्वाधार योजना, जलस्रोतमा आत्मनिर्भरता, हाइड्रो प्रोजेक्टहरूको तीव्रता, चुरे संरक्षण, पर्यटन पूर्वाधार, खेलकुद रङ्गशालाआदि’ अभियानहरू उनी नेतृत्वमा हुँदा नेपालको आत्मबल जगाउने दिशामा अगाडि बढेको देखिन्छ।

उनको नेतृत्व शैलीमा विकास, प्रगति र राष्ट्रवादको संयोजन पाइन्छ जहाँ ‘पहिचान’ र ‘प्रगति’ सँगै गइसकेका छन्।

अन्त्यमा आज यस्ता शैलीहरू सार्वजनिक गर्दा गाली श्राप अनेकन पगरी त लगाउलान् तर अनन्तमा देखिनेछ। आलोचना र प्रशंसा दुवैको बीच उभिएको व्यक्तित्व हुन ओली।

केपी ओली सिर्जनात्मक द्वन्द्वका प्रतीक हुन्। उनले देखाउने स्वप्न, नीतिगत अडान, राष्ट्रप्रेमका नारा जति सशक्त छन्, तिनको कार्यान्वयन र आत्मचिन्तनमा उत्रन सकेको कति? भन्ने प्रश्न आज पनि रहन्छ। धेरै ठूला नेताहरूले दिएको अन्तर्वार्तामा पनि ओली अध्ययनशील तथा प्रगतिशीलवादी नेता भएको अभिव्यक्ति सुनिन्छ। तर आठ फेल गरेको भनेर खिसी गर्नेहरूले एक खालको स्वाद लिइरहेको पनि पाइन्छ। राजनीतिमा सर्टिफिकेट भन्दा सृजनशीलता पृथक मानिन्छ। जुन ओलीमा प्रशस्त पाइन्छ।

आजसम्म यो देश बनाउनका निमित्त जजसले बलिदानी दिनुभयो र संघर्षबाट उभिनुभयो जो आज हुनुहुन्न उहाँहरुप्रति म शिर निउराएर श्रद्धा सुमन गर्न चाहन्छु। यो देशको मुहार फेर्नको लागि राजनीतिक रुपबाट युद्ध र द्वन्दमा होमिँदै यहाँसम्म आउने सबै पार्टीहरुप्रति म सम्मान पूर्वक नमन गर्न चाहन्छु।

अन्तत: शुद्ध-अशुद्ध, साँचो–झूटको अवसानमा उभिएर पनि जसले राष्ट्रलाई चिनाउन सक्यो, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज पुर्‍याउन सक्यो, त्यो नेतृत्व अवश्य स्मरणीय हुन्छ।

यही भएर, ओलीको यात्रा सधैं ‘आलोचना’ को मात्र विषय होइन, ‘अवलोकन’ को विषय पनि हो। अनि सायद, नेपालको समसामयिक राजनीतिमा उनीजस्तो जीवन्त, विवादास्पद र प्रभावशाली नेतृत्व विरलै पाइन्छ। धन्यवाद।।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here