एकिकृत समाजवादीको प्रविधि प्रयोगमा जोड, स्थापना दिवसमा टिकटक प्रतियोगिता गर्ने


२२ श्रावण २०८२, बुधबार २१:२४ मा प्रकाशित

साउन २१, झापा ।। नेकपा एकिकृत समाजवादी पार्र्टी झापाले पार्टीको स्थापना दिवसको अवसर पारेर टिकटक प्रतियोगिता गर्ने भएको छ । सामाजिक सञ्जालमा आम मानिसहरुको पहूँच बढेसँगै त्यसको प्रभवकारिता पनि बढेको भन्दै आम मानिसहरुको ध्यान सकरात्मक परिवर्तन तर्फ आकर्षित गर्न टिकटक प्रतियोगिताको तयारी गरिएको एस झापाका अध्यक्ष विपी भट्टराईले बताउनु भयो । नेकपा एसले आज झापा जिल्लाको पार्टी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गरी यस्तो धारणा सहित प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।
सूचना प्रविधिको विकास र यसले समाजमा पारेको प्रभावलाई आत्मसाथ गर्दै सामाजिक सञ्जालको प्रयोग मार्फत समाज रुपान्तरणमा योगदान पुगोस भनेर टिकटक प्रतियोगिता गर्न लागिएको अध्यक्ष भट्टराईले बताउनु भयो ।

Advertisement

´सुशासन र रोजगारी समाजवादको तयारी` विषयमा टिकटक प्रतियोगिता गर्ने भएको हाे । टिकटकमा सहभागीहरूले ३ मिनेटसम्मको भिडियो उत्पादन गरी यही साउन २५ गतेदेखि आगामी भदौ १ गते विहान १० बजेसम्म पार्टीले तोकेको मोवाइल नम्बरमा भिडियो पठाउनु पर्ने छ ।

पार्टीका जिल्ला अध्यक्ष विपी भट्टराईलेको खुल्ला प्रतियोगिता भएकाले जुनसुकै उमेर समूहका व्यक्तिले भाग लिन पाउँने छन् । ।

पार्टीले एप्रुभ गरी भदौ १ गते आफ्नो पेजमा अपलोड गरेपछि शेयर, भ्यूज र लाइकको आधारमा उत्कृष्टता मापन गर्ने छ ।

भदौ ८ गते विहान १० बजेभित्र उक्त कन्टेन्टको शेयर, भ्यूज र लाइकको आधारमा ५० प्रतिशत र निर्णयक मण्डलले प्रस्तुतिको आधारमा ५० प्रतिशत अंकभारका आधारमा उत्कृष्ट छनोट गर्ने आयोजकले बताएको छ । ।

पार्टीको स्थापना दिवस भदौ ९ गते आयोजना गरिने कार्यक्रममार्फत सो प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजार रुपैयाँ नगद प्रदान गरिने आयोजकले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here