कविता :: कठोर त्यो समय


१८ श्रावण २०८२, शनिबार ११:५७ मा प्रकाशित

-सुशिला कोइराला//

Advertisement

कठोर त्यो समय !
आखाँ अगाडि पहाड झै उभिएको बिकट अध्यारो ।
तिम्रा ती आखाँहरुमा छल्किएका मोतिका कडहरु
तिम्रा बाल मस्तिकमा उब्जिएका
बालापनका अनगिन्ति प्रश्नहरु ।
चाहेर पनि उत्तर दिन असामर्थ

कठोर त्यो समय !

बाच्न र जिबित छु भन्ने प्रमाणमा चट्टान झै
उभिएको हाम्रो अस्तित्व ।
हो छोरी ! म चाह्न्छु,
तिमी सिता होइन
दुर्गा वा चण्डी बन
तिमी चट्टान बन
तिमी आगो बन
तिमी फलाम बन
ती हरेक चट्टानका पत्रै पत्र छिचोल्दै बाहिर
निस्कन सक्ने ज्वालामुखि झै बन ।


तिमीले लड्नु छ,
आफ्ना लागि लड्नु छ,
अन्याय र अत्यचारका बिरुद्द लड्नु छ ।
समय सङ लड्नु छ,
थाकेर, अब म सक्दिन भनेर आएका ति तिम्रा
मनका भावनाहरु बिरुद्द पनि लड्नु छ ।
आफ्नु अस्तित्व र पहिचानका खातिर लड्नु छ ।

तिम्रा आखाँमा छल्किएको आशु
तिम्रो जितको होस्
तिम्रो उडानको होस्
तिम्रो पहिचानको होस्
र, तिम्रो अस्तित्वको होस् ।
न कि कसैको दमन र अत्यचारको ।
तिम्रा ति ओठहरुमा तिम्रो जित र
तिम्रो उत्साहको हाँसो होस ।
तिम्रो पहिचान फगत तिम्रो स्त्रीत्व र
तिम्रो यौबनमा मात्रै सिमित नरहोस ।
तिमीले लड्नु छ र
निरन्तर तिम्रो अस्तित्व र पहिचानका
लागि लडि नै रहनु छ ।

—————————————

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here