साउन १३ । भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लाको शिलाई गाउँमा हालै भएको एउटा ‘अनौठो’ विवाहबारे निकै चर्चा र बहस भइरहेको छ।
कुम्हाट गाउँकी सुनिता चौहानले दुई सहोदर दाजुभाइ प्रदीप नेगी र कपिल नेगीसँग एकैसाथ विवाह गरेकी हुन्।
उक्त विवाह अनुसूचित जनजातिको दर्जा पाएको हाटी समुदायको एउटा प्रचीन बहुपति प्रथाअनुरूप भएको हो। त्यसलाई स्थानीय भाषामा ‘जोडीदारा’ वा ‘जाजडा’ भनिन्छ।
उक्त विवाहमा सयौँ गाउँले तथा आफन्तहरू सहभागी भए। पारम्पारिक व्यञ्जन, लोकगीत तथा नृत्यले उक्त समारोहलाई स्मरणीय बनाएको थियो।
सांस्कृतिक परम्पराको उदाहरण बनिरहँदा उक्त विवाहबारे कैयौँ प्रश्न पनि खडा भएका छन्।
–बीबीसी