-सुशिला कोइराला //
केहि पलहरु यस्ता मिठा हुन् जहा म एक्लै भए पनि
तिमी मेरो समीपमा भएको आभास होस् ।।।
ती तिम्रा रमाईला र बेतुकका गफहरुमा
म आफ्ना सम्पुण पिडाहरु बिर्सेर हास्न सकुँ ।
तिमी आफ्ना जिम्मेवारि र दायित्वहरु क्षणिक
बिर्सेर भए पनि बालापन झै रमाउन र मुस्कुराउन सक ।
आफैसँग थाकेका यी मेरा मनका भावनाहरु
तिमी सामु निर्धक्क भएर रुझ्न सकुन् ।
तिमी आफ्ना दिनभरिका भागदौढ र थकानहरु बिर्सेर
हाम्रा रमाईला गफहरु सँगै
क्षणिक नै भएनि मुस्कुराएर निदाउन सक ।
————————————-