सरकारी कर्मचारीलाई पेन्सन बन्द, साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली


२० असार २०८२, शुक्रबार १६:२१ मा प्रकाशित

असार २०, काठमाडौं ।। सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदान नदिई त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ ।

Advertisement

अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here