-सन्तोष आचार्य //
पत्रकारिता एउटा जटिल तर कलात्मक पेशा हो । हतारको साहित्य अर्थात समयको कथा दुरुस्तै कहने शिल्प हो । समय अर्थात पत्रकारले साक्षात्कार गरेको घडि । देखेको, भोगेको र अनुभव गरेको सयमको कथालाई जस्ताको तस्तै समाचारका शब्दहरुमा उतार्नु निक्कै आकर्षक शील्प मानिन्छ । यसकारण पत्रकार र पत्रकारिताको मानप्रतिष्ठा छ । यस्तो कठिन र जटिल काम गर्न थालेको पनि दुई दशक भइसके छ । यसैक्रममा नजिकबाट देखे भोगेको भन्दा पनि अलिक बढि सुने पढेको समयको कथा लेख्नु पर्ने जिम्मेवारी आयोे । यस्तो जिम्मेवारी नेपाल पत्रकार महासंघ झापा शाखाका लागि आदरणीय पत्रकारहरु गोपाल गिरी र राज बाबु शंकरले सुम्पनु भएको हो । यो जिम्मेवारी इतिहास लेखन चाहि होइन । इतिहासका पत्रहरुको उत्खनन हो । जसले इतिहासलाई पुष्टि गर्न तथ्यहरु अघि सार्दछन् र वितेको समयलाई स्मरणमा ल्याउँन मद्दत गर्दछन् । यो जिम्मेवारीका योग्य सम्झेकाले नेपाल पत्रकार महासंघ झापा र अग्रज पत्रकार गोपाल गिरी र राजबाबु शंकरप्रति हार्दिक नमन ।
म स्मरण गर्छु, इतिहास बनिसकेको एउटा कालजयी खण्ड र त्यसका पात्र द्रोणाचार्य क्षेत्रीलाई । जसलाई मैले सिधा देख्ने र भोग्न अवसर पाईन । मैले उनलाई परबाट देखेको र धेरै सुनेको थोरै पढेको हँु । उनका बारेमा सुनेको र पढेकै आधारमा एउटा सुन्दर, स्पष्ट र गर्विलो व्यक्तित्व मेरो मानसपटलमा कोरिएको छ । विशेष गरेर राजनीतिमा एउटा इमान र निष्ठाको धरोहरका रुपमा मैले द्रोणाचार्यलाई सम्झेने गरेको छु । हो, उनै एक निष्ठावान जनताका सेवक, जनताका प्रिय छोराका बारेमा आज मलाई केहि लेख्न आग्रह भएको छ र म केहि शब्दहरु बटुल्ने प्रयासमा छु । यो आलेख उनका बारेमा विभिन्न समयमा लेखिएका लेख, रचना र उनका समकालिन व्यक्तित्वहरुसँगको कुराकानी अनि भनाईहरुका आधारमा तयार गरिएको हो । यसमा मेरो आफ्नो कुरा कम छन् । अखवारी लेखन शैलीमा भएकाले कति कुरा छुटेका हुन सक्छन्, सिलसिला नमिलका जस्तो लाग्न सक्छ र समाचार पो हो कि जस्तो पनि हुन सक्छ । यस्तो लागेमा एउटा पत्रकारले लेखेको व्यक्ति विवरण मानेर पढिदिनु भए हुन्छ । सम्मानित पाठकसमक्ष मेरो विनम्र अनुरोध यत्ति छ ।
संक्षिप्त जीवनी :
द्रोणाचार्य क्षेत्रीको पूरा नाम द्रोण प्रसाद आचार्य हो । उनको जन्म तेह्रथुमको आठराई चुहानडाँडाँ फुकानदिन भन्ने गाउँमा वि.स. २००२ साल मंसीर महिनाको मसान्तमा भएको भन्ने छ । निम्न वर्गीय किसान परिवारमा उनी जम्निएका थिए । उनका बुवाका तीन वटी श्रीमति मध्ये माइली पट्टिबाट उनी जन्मिएका थिए । माइली पट्टिी ४ छोरी र २ छोरा मध्ये उनी कान्छा छोरा थिए । जेठी तर्फ ४ छोरा र २ छोरी, कान्छी तर्फ १ छोरा र १ छोरी थिए । उनको परिवार ठुलो थियो । बुवा पदमबहादु आचार्य र आमा जालपादेवी आचार्यका सन्तान द्रोणप्रसाद आचार्यको वाल्यकाल पहाडकै गाउमा वितेको थियो । सानैदेखि साहसी र चञ्चले स्वभावका द्रोणको शिक्षाको प्रभारम्भ पनि गाउँमै स्थापना भएको सारदा माविबाट सुरु भएको थियो । वि.स. २०१० बाट उनले विद्यालय जान सुरु गरेका थिए । आज भन्दा ७८ वर्ष अघिको हाम्रो समाज, चेतना र सामाजिक परिवेश हामी अनुमान गर्न सक्छौं । यस्तो बेलामा द्रोणको बाल्यकाल वितेको थियो । उनको बाल्यकालको दैनिकी घास पात, दाउरा स्याउला, घर गोठ गर्दै र वित्थ्यो ।
जीविकोर्पाजनका निम्ति मानिसले गर्नु पर्ने संघर्षको कथा त्यसबेलाको समयमा अझ धेरै अत्यास लाग्दो थियो । आर्थिक, सामाजिक रुपमा जरजर हुँदै गएको राज्य व्यवस्थाको असर नागरिकमा पनि पर्ने नै भयो । द्रोणका पिताजी पनि यो संकट मोचनका लागि मुग्लाङ पस्न बाध्य भए । वि.स. २०१५ साल तिर द्रोणका बुवा आसाम भासिए पछि उनको जीवन झन कष्टकर बन्यो । यसले द्रोणको पढाईलाई असर गर्यो । बुवाको आसाम पलायन पछि सानैमा पढाईसँगै पारिवारिक जिम्मेवारी पनि द्रोणको काधमा आएको थियो । उनले केहि समय त्यहिका विद्यालयमा पढाउने पनि काम गरेको कुरा उनका सहपाटीहरुले बताएका छन् । द्रोण पनि धेरै समयसम्म पहाडैमै अडिन सकेनन् । वि.स.२०१७ तिर उनी पनि आसाम आवात जावत गर्न थाले । पछि उतै आसाम तिरै बस्न थालेका द्रोणको २०२२ साल फागुन २९ गते आसाममै वेदकी क्षेत्रीसँग विवाह भयो । विवाह भएकै वर्ष विस २०२२ सालको अन्तिम तिर झापाको भद्रपुरमा आएर बस्ने थाले । यसक्रममा उनले आफ्नो पढाईलाई पनि निरन्तरता दिइदै आएको थिए । विस. २०२४ सालमा धरानबाट उनले एस.एल.सी उतीर्ण गरेका द्रोणले त्यस पछि शिक्षण पेशालाई निरन्तरता दिए । यसै क्रममा विस २०२६ सालमा द्रोणले आइ.ए. पनि उतीर्ण गरे । पृथ्वी नुमना विद्यालयको प्रधानाध्यपक भई उनले शिक्षा क्षेत्रमा प्रसंशनीय योगदान गरेका थिए ।
यसबीचमा द्रोणका जीवनमा ठुलठुला घटना र बज्रपातहरु भए । २०२० सालमा बुवाको मृत्यु, गर्नु भयो । पहिलो सन्तान छोरोको एक वर्ष पुग्न नपाउदै निमोनियाबाट २०२५ सालमा मृत्यु भयो । २०२८ सालमा आमाले पनि छोडेर जानु भयो । वाल्यकालदेखि नै द्रोणको जीवन दुख, कष्ट र संघर्षको हुन्डरीमा मडारिदै आइरहेको थियो । झापा आए पछि उनले शिक्षण पेशा सँगै राजनीति गर्न थालेपछि परिवारमा झन संकट आउन थालेको थियो । उनका तीन सन्तानहरु छोरी दीपा, छोराहरु कमल र देवेन्द्र हुर्काउने, पढाउने सबै घर व्यवहारको जिम्मेवारी श्रीमती वेदकीको काँधमा आयो ।
पारिवारिक जिम्मेवारी, आर्थिक सामाजिक अवस्था र राजनैतिक चेतका कारण द्रोण समाज परिवर्तनको संघर्षमा पनि सक्रिय बन्दै गएका थिए । शिक्षण पेशा सँगै पत्रकारिता र राजनीति पनि सँगसगै गरिरहका द्रोणले पञ्चायती व्यवस्था विरुद्धका संघर्षहरुमा आफुलाई सम्लग्न गारउदै गएको थियो । उनले जनपक्षीय उम्मेद्वार बनेर राष्ट्र्यि पञ्चायत र पछि नेपालको संसदमा समेत प्रतिनित्व गरेका थिए ।
उनी साँसद रहेकै अवस्थामा विरामी परे । विस २०५० साल असार ६ गते उपचारकै क्रममा भारतको दिल्लीमा जनताका प्रिय नेता द्रोणको निधन भयो । उनलाई पेन्क्राइजमा क्यान्सर भएर उपचारका लागि भारतको दिल्ली लगिएको थियो । द्रोणको संघर्षपूर्ण जीवनको मूख्य सारथीका रुपमा उनकी आर्धाङगीनी देवकीको भूमिका अतुलनीय रहेको छ ।
साहित्यिक लेखनी :
निरंकुश जहानीया राणा साशनका बेला जम्निएका द्रोणले वाल्यकालमै प्रजातन्त्र सुन्न पाए । आफ्नो जीवनको किशोरकाल भरी प्रजातन्त्र चलेको भए पनि दुर्गम गाउँ पहाडसम्म त्यसको स्वाद पुगिसकेको थिएन । आर्थिक सामाजिक अवस्था अत्यन्तै पछैटे र राजनैतिक अवस्था निरंकुश भएका कारण केहि पढेलेखेका युवाहरुको मनमा उकुसमुकुस हुने र विद्रोही वागी बन्ने अवस्था थियो । यसले द्र्रोणको मनलाई पनि असर गरिरहेको थियो । वाल्यकालदेखि नै द्रोण प्रकृति प्रेमी, भावुक र संवेदनशील स्वभावका थिए । त्यसमाथि पारिवारीक समस्या, संकट र संघर्षले उलेलाई झन विद्रोही बनाउदै लगेको थियो । एउटा सचेत व्यक्तिका मस्तिष्कबाट कहिले कथाका रुपमा त कहिले कविताका रुपमा समाज वास्तविकता प्रस्फुटित हुनु स्वाभविक हो । यसै सिलसिलामा कथाकारका रुपमा द्रोणले दर्जन जति कथाहरु सिर्जना गरेका छन् । “नुनिला आँसु” कथा संग्रहमा उनका आठ वटा कथा संग्रीहत छन् । सो कथा संग्रहमा भएका कथाहरुले तत्कालिन समाजको चित्रण र मौजुदा व्यवस्थामाथि प्रहार गरेका छन् । विशेष गरेर “चिताको धुवाँ”, “नुनिला आँसु”, “पागल” “डढेलो” जस्ता कथाहरुमार्फत उनी सशक्त कथाकारका रुपमा देखिन्छन् ।
द्रोणले साहित्य सिर्जनाको क्षेत्रलाई कथामै मात्र सीमित गरको छैनन् । उनले दर्जन जति कविता पनि लेखेका छन् । उनका कवितामा विद्रोह चेत छ, देश प्रेमले ओतप्रोत छ र छ विप्लवी भावना । यसरी उनी एक प्रगतिशील कविका रुपमा आफ्नो स्पष्ट छवि बनाउन सफल छन् । उनका “लेनिनवाद जिन्दावाद”, “घाइते झापा र मेरो देशको सार्वभौमिकता”, “सुस्ता” “भोकाएकाहरुको गीत” “बगान हडतालमा छ” “प्रजातन्त्र एक अभिव्यक्ति” जस्ता कविताहरुले अवस्था र व्यवस्था बदल्ने चाह राखेका छन् ।
द्रोणले कथा कवितामा मात्रै आफ्नो सिर्जनालाई सीमित गरेका छैनन् । उनका संस्मरणहरु, निबन्धहरु र राजनीतिक आलेख तथा पत्रहरु पनि पर्याप्त छन् । समयकालले जन्माएको एक क्रान्तिकारी सर्जकका रुपमा उनलाई देख्न र पढ्न सकिन्छ ।
राजनीतिक कहानी :
निरंकुश रुाज्य व्यवस्था, आथिक, सामाजिक पछौटेपन र पारिवारीक संकटहरुले जेलिएको एक नव युवक मौजुदा अवस्थामा शान्तिसँग बस्नु सक्दोरहेन छ । सामाजिक राजनैतिक उकुसमुकुसले जो कोहि सचेत मानिसलाई हुँडल्छ । यस्तो वातावरणले द्रोणलाई पनि भित्र भित्रै हुँडलिरहेको थियो । आफुले वाल्यकालमा सुनेको प्रजातन्त्र र किशोरकालमा व्यहोरेको निरंकुश व्यवस्थाले द्रोणलाइ राजनीति प्रति चनाखो बनाएको थियो । प्रजान्त्रको हरण र पञ्चायतको प्रारम्भकै बेला तत्कालिन नेपाली काँग्रेस लगायतका दलहरुले गरेका सभा र कार्यक्रमहरु द्रोणले देखे, भोगेका थिए । यहि बेला आसाम बसाइकै क्रममा त्यहा रहेका प्रवासी नेपालीहरुको पिडा पनि नजिकै बाट महसुश गर्ने अवसर भयो । यस्तो मनोभाव र एक प्रकारको विद्रोही चेत सहित झापा आएका द्रोणले पारिवारिक जिम्मेवारी सहित राजनीतिमा पनि चासो राखेको पाइन्छ । पहिले देखि नै माक्र्सवादी दर्शन अध्ययन गर्ने, कम्युनिष्ट विचार प्रति आकर्षित हुँद आएका द्रोणले बामपन्थीहरुसँगको संगत पाए । विस २०२२ साल तिर द्रोणले नेपाल कम्युनिष्ट पार्टिको सदस्यता प्राप्त गरे पछि सक्रिय राजनीतिमा प्रवेश गरेको उनका समकालिनहरु बताउछन् ।
पार्टी सम्पर्कमा आए पछि उनले विभिन्न जिम्मेवारीहरु निर्वाह गरका थिए । विद्यार्थी राजनीतिमार्फत केन्द्रिय सदस्यसम्म बनेका द्रोणको राजनीतिक जीवन पनि अभाव र उथपुथलपूर्ण छ । राजनीतिमा इमान र निष्ठालाई मुख्य आधार मान्ने दं्रोणको विचारले धेरै पटक संकट र समस्या झेल्नु परेको उनका समकालिन राजनीतिकर्मी केशब कुमार बुढाथोकीले बताउछन् । द्रोणलाई स्मरण गर्दै बुढाथोकी भन्छन्, “उहाँ एक इमान्दार र निष्ठावान नेता हो । उहाँ कुनै विचार वा पार्टीको भन्दा पनि जनतार देशको नेता हुुनुहुन्थ्यो ।” सर्बैलाई मिलाएर लिएर जाने खुबी द्रोणमा रहेको बुढाथोकीले स्मरण गरे ।
विस.२०४३ सालको राष्टिय पञ्चायत निर्वाचनमा झापाबाट निर्वाचित हुने मध्ये केशवकुमार बुढाथोकीसँगै द्रोणचार्य क्षेत्री पनि थिए ।
त्यसबेला राष्टिय पञ्चायतमा द्रोणचार्यसँगै पद्यरत्न तुलाधर, जागृत प्रसाद भेटवाल, भीमबहादुर श्रेष्ठ र सोमनाथ अधिकारी प्यासीहरुको भूमिका संसदीय अभ्यासमा आज पनि स्मरणीय रहेको द्रोणचार्य स्मृति प्रतिष्ठान नेपालका अध्यक्ष रविन कोइरला बताउछन् । अध्यक्ष कोइरालाका अनुसार द्रोणचार्यले संसदमा प्रस्तुत हुँदा तत्कालिन राज्य व्यवस्था नै धर्कमान हुन्थ्यो । वास्तविक जनताका प्रतिनिधिका रुपमा द्रोण राष्टिय पञ्चायतमा प्रस्तुत हुने र जनजीविकाका मुद्धाहरु मुखरित गर्ने गरेको कोइराला स्मरण गर्छन् ।
साधा जीवन र जनतापक्षधर शैलीले द्रोणलाई सबैको प्यारो बनाएको उनका समकालिन साथी तथा वरिष्ठ अधिवक्ता लीला उदासी स्मरण गर्नु हुन्छ । द्रोणका बारेमा उदासीले संस्मरणमा लेख्नु भएको छ –“द्रोणका असल विचार र व्यवहार अहिले बीउका रुपमा छर्नु र हुर्काउनु पर्ने बेला आएको छ ।” उदासय भन्नु हुन्छ, “यतिबेला उहाँ हुनुहुन्न, म अहिले उहाँलाई झलझली सम्झिरहेको छु ।” राजनीतिबट निष्ठा, इमान र आदर्श हराएको बर्तमानमा उदासी द्रोणलाई यसरी सम्झनु हुन्छ, “व्यक्ति तथा पारिवारीक मोहमा उहाँ कहिल्यै लाग्नु भएन । बाचुन्जेल उहाँ डेरामा बस्नु भयो । आफु भोकै बसेर पनि जनताको सेवामा रमाउन चाहने उहाँका केहि अद्भुत गुणहरु थिए । उहाँ एक सरल, जनताका असली मित्र र राजनेता हुनुहुन्थ्यो ।” (स्मृति दिवसका अवसरमा प्रकासित आलेखबाट ।)
नेपालको कम्युनिष्ट तथा प्रजातान्त्रिक आन्दोलनको वर्तमान अवस्थामा पनि द्रोणचार्यका विचार र आदर्शहरु उत्तिकै सान्दर्भिक लाग्दछन् । द्रोणको विचार र योगदान स्मरण गर्दै अग्रज पत्रकार चन्द्र भण्डारीले यस्तो लेख्नु भएको छ ः, “द्रोणचार्य बाम एकताको मात्र कुरा गर्नु हुन्न थियो । प्रजातन्त्रको स्थापनासँगसँगै देखापर्न थालेका दक्षिणपन्थी तथा देशीविदेशी प्रतिक्रियावादी शक्तिmहरुबीचको गठबन्धनलाई परास्त गरेर एउटा नयाँ शक्तिको निर्माण गर्नका निम्ति वाम तथ प्रजातान्त्रिक शक्तिहरु बीचको मोर्चा स्थापित गर्न उहाँ क्रियाशील हुनुहुन्थ्यो ।” ( द्रोणाचार्य स्मृति ग्रन्थ, २०५१ । ) भण्डारीले द्रोणलाई सिद्धान्तनिष्ठमात्र नभएर एउटा दुरदर्शी नेताको रुपमा समेत स्मरण गर्ने गरेको उल्लेख गरका छन् ।
एउटा सन्दर्भमा साहित्यकार तथा प्राध्यापक दान खालिङगले द्रोण बारे यस्तो टिप्पणी गर्नु भएको छ, ः “द्रोणजी सानै उमेरदेखि संघर्षशील हुन्, उनी राम्रा र इमान्दार मित्र हुन सक्छन् । उनी साधारणताबाट दृढता र लगतद्वारा क्रमशः माथि उक्लेका व्यक्ति हुन् ……. । …उनलाई नराम्रो मान्छे भन्ने मान्छे विरलै होलान्… ।” द्रोणाचार्य स्मृति ग्रन्थ, २०५१ ।
२०४६ सालमा निरंकुश पञ्चायती व्यवस्था ढल्यो र देशमा पुन प्रजातन्त्र बहाली भयो । २०४८ सालको आम निर्वाचन मार्फत झापाको क्षेत्र नम्बर १ बाट द्रोण फेरी प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित भए । जतनाका प्रिय नेता जनताकै काममा व्यस्त रहेकै बेला उनी विरामी परे । संँसदमा २०४९ सालको हिउँदे अधिवेशन चलिरहेकै बेला उनलाई जण्डिस देखियो । उपचारकै क्रममा हँुदा सदन सकिए पछि २०५० साल बैशाखमा उनलाई थप उपाचारका लागि भारतको दिल्ली लगियो । पेन्क्राइजमा क्यान्सर भएको र उपचार सम्भव नभए पछि मिति २०५० साल असार ६ गते जनताका मित्र, असर र सरल व्यक्ति द्रोणचार्य क्षेत्रीको असामयिक निधन भयो । उनको पार्थिव शरिरलाई आसर ७ गते दिल्लीबाट काठमाण्डौ ल्याइयो र एक दिन काठमाण्डौ मै खुलामञ्चमा श्रद्धाञ्जलीका लागि राखियो । दोस्रो दिन असार ८ गते झापा ल्याइयो र चन्द्रगढी रंगशालामा श्रद्धाञ्जलीका लागि राखियो ।
द्रोणको मृेत्युले सोकमा ढुवेको झापा जिल्लावासीको जनसागरले उनलाई असार ९ गते पवित्र कनकाई माईमा अन्तिम श्रद्धाञ्जली सहित दाय संस्कार गरेर विदाई गरिएको थियो । द्रोणको मृत्यु भए पछि खाली भएको झापाको तत्कालिन निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको थियो सो निर्वाचनमा द्रोण ठाउँमा पार्टीले लीला उदासीलाई टिक दिएर उठाएको थियो । उदासी निर्वाचित हुन सकेनन् । द्रो.ण अवसान पछि उनको विरासतको रक्षा हुन सकेन । यसरी एउटा असल नागरिक, जनताको मित्र, निष्ठाको धरोहर सदाका लागि ढलेको थियो ।
पत्रकारिताको कथा
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी झापाले द्रोणचार्य क्षेत्रको स्मृतिमा एउटा पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ । द्रोणचार्य क्षेत्र पत्रकारिता पुरस्कार नामबाट वितरण गर्दै आएको सो पुरस्कार यस पटक भने द्रोणचार्य स्मृति प्रतिष्ठान र प्रेस चौतारी झापाले संयुक्त रुपमा वितरण गर्यौ े । यो पुरस्कार स्थापनाको गर्भ भनेकै द्रोणचार्यले आफ्नो जीवनकालमा पत्रकारितामा पुर्याएको योगदानको स्मरण र चर्चा गर्नु नै हो ।
शिक्षक तथा विद्यार्थी जीवनमै द्रोणले धरानबाट प्रकाशित हुने “दोभान” को सम्पादन गर्ने कार्यबाट उनको पत्रकारितामा उपस्थिति देखिन्छ । आफुपनि कथा, कविता, लेख रचना लेख्ने, परिवर्तन्कारी सोच भएका कारण पत्रिकाको सम्पादनको जिम्मेवारी पनि कुसलतापूर्वक निर्वाह गरेकाले पत्रिकाको ओझ पनि आशिएको थियो । २०२४ साल तिर धरानमा भएका “छात्र शिक्षक” हरुको सव्रिmयतामा दोभान पत्रिका प्रकाशन हुँदै आएको थियो । पछि २०२५ सालमा झापाको सनिश्चरेमा सम्पन्न मेची अञ्चल स्तरीय साहित्यिक सम्मेलन र त्यस पछिबाट प्रकाशन हुन थालेको “पञ्चामृेत” मासिक पत्रिका प्रकाशनमा द्रोणको भूमिका उल्लेख्य रहेको पाइन्छ ।
द्रोणले नेपाली पत्रकारितामा पुर्याएका योगदान उच्च छ । आफ्नो दैनिकी, पारिवारिक जिम्मेवारी र राजनीतिक सम्लग्ताका बावजुद पत्रकारिता र यसको श्रीबृद्धिका लागि द्रोणले महत्वपूर्ण योगदान गरेका छन् । बन्द समाज, निरंकुश व्यवस्था र आर्थिक संकटका कारण जनताको अवस्था अत्यन्तै दयनीय बन्दै गइरहको थियो । राजनैतिक विचारहरु प्रवाह गर्ने माध्यमहरुको अभाव थियो । भएका केहि पत्रपत्रिकाहरु पनि सरकार र पञ्चहरुकै नियन्त्रणमा थिए । सोझै सरकार विरोधी कुरा गर्न पाइन्न थ्यो । यस्तो अवस्थामा पत्रिका प्रकाशन गर्नु र जनताका कुरा गुर्न फलामको चिउर चपाउनु जत्तिकै गाह्रो काम थियो । यस्तो बेलामा राजनीति र पत्रकारितालाईसँगसगै लिएर हिड्न सक्नु एउटा विशिष्ठ कलाका रुपमा मान्नु पर्छ । द्रोणले राजनीति र पत्रकारिताको सम्बन्ध सेतुका रुपमा आफ्नो गतिविधिहरुलाई केन्दिैत गरेका थिए ।
द्रोणचार्यले पत्रकारितामा गरेको योगदानको स्मरण उनको स्मृति ग्रन्थमा यसरी गरिएको छ,ः “दोभान, साचो, मोती, कन्तुर, पञ्चमृतको प्रकाशनमा सम्लग्ता पश्चात द्रंोणले समाचार पत्र तिर हात हलेका थिए । भद्रपुरमा कुनै यस्तो पत्रिका रहेन जसमा द्रोणको योगदान नहोस्” उनले “सिद्धार्थ, युगज्ञान, सूर्योदय लगायतका पत्रिकाको लेखन तथा सम्पादन गरेको थिए ।
द्रोणाचार्यले पत्रकारितामा गरेको योगदानलाई स्मरण गर्दै झापाको पहिलो पुस्ताका अग्रज पत्रकार एस.एल. शर्माले यस्तो लेखेका छन्,ः “……. उदीयमान विद्यार्थीहरुबाट “पञ्चामृत” नामक पत्रिका प्रकाशन गर्ने निर्णयलाई साकार रुप दिनमा मुद्रण (प्रेस) को खाँचो भयो र तत्कालीन “पञ्चामृत” परिवारको उक्त खाँचो पूरा गर्ने विषयमा मैले बचन दिएँ। यो तारतम्य मिलाउनेमा पनि माध्यम द्रोणजी नै थिए ।” यो अभियानमा द्रोणसँग सीपी मैनाली, आरके मैनाली, अमृत बुढाथोकी लगायतको साथ थियो । द्रोणाचार्य स्मृति ग्रन्थ, २०५१ ।
द्रोणाचार्यका पत्रकारिता जीवनको स्मरण गर्दै अग्रज पत्रकार नकुलकाजी यस्तो लेख्नु हुन्छ,ः “…….२०३२।३३ सालतिर उहाँले अर्धसाप्ताहिक “विवेचना” ………ढेडवर्ष जति काम गर्नु भयो । ……….विवेचनामा त्यसरी संलग्न हुनु अघि भद्रपुरकै “आलोक” साप्ताहिकमा प्रेस तर्फ प्रुफ रिडिङको काम गर्नु भयो…. ।” द्रोणाचार्य स्मृति ग्रन्थ, २०५१ ।
जबजब राज्य आतंक बढ्थ्यो, पञ्चायतको दमन सुरु हुन्थ्यो त्यसबेला द्रोणले पत्रकारिताको माध्यमबाट जनताका कुरा बाहिर ल्याउने र राज्यलाई दवाव सिर्जना गर्ने गर्दथे । जनताका पक्षमा लेख रचना लेख्ने, सम्पादकीय लेख्ने, विचारहरु प्रवाह गर्ने, विभिन्न स्थानमा भएका जनविरोधी घटनाहरुलाई महत्वका साथ पत्रिकामा स्थान दिने र राजनीतिक घटनाहरु जनसमक्ष पुर्याउने कार्यमा विशेष भुमिका निर्वाह गर्थे । यसरी पत्रकारिता र राजनीतिलाई उनले अबिछिन्न संघर्षको साथी र अधिकार प्राप्तको लडाईमा महत्व साधनका रुपमा अभ्यास गरेका थिए । उनको जीविकोपार्जनको माध्यम भने शिक्षण पशा नै थियो ।
आदर्श र इमानको धरोहर दोणाचार्यका कर्म र राजनीतिका बारेमा अग्रज पत्रकार चन्द्र भण्डारीको यो भनाई सँगै यो आलेखको बिट मार्ने अनुमति चाहान्छु । “जुन मान्छे दुई दुई चोटी राष्टको विधायक बन्न सक्यो, जसले विवाह गरेर आफ्नी दुलहीलाई डेरामै भित्र्यायो र आफु मरेर गएपछि उसको काजक्रिया पनि डेरामै सम्पन्न भयो । नेपाल त्यस्ता कुनै महापुरुष थिए भने द्रोणाचार्य नै हुनुहुन्थ्यो ।” द्रोणाचार्य स्मृति ग्रन्थ, २०५१ ।।