बच्चा जन्माएपछि मर्ने अनौठा जीवजन्तुहरू


१७ जेष्ठ २०८२, शुक्रबार २०:१० मा प्रकाशित

झापा ।। संसारमा धेरै यस्ता अनौठा जीवजन्तुहरू छन्, जो आफ्ना बच्चाहरूलाई जन्म दिएपछि मर्छन् । यो प्रक्रिया प्राकृतिक हो र यी जीवजन्तुहरूको जीवन चक्रको भाग हो । आउनुहोस् केही यस्तै जीवजन्तुहरूको बारेमा जानौँ ।

Advertisement

अक्टोपस

पोथी अक्टोपसले आफ्ना अण्डाहरूको हेरचाह गर्छ र तिनीहरूलाई सुरक्षित राख्नका लागि आफ्नो शरीरको पोषण दिने गर्छन् । यस क्रममा तिनले खानेकुरा खान छोड्छन् ।

शरीरको शक्ति अण्डाहरूको सुरक्षा र संरक्षणमा खर्च हुन्छ । अन्ततः अत्यधिक थकान, भोकमरी र जैविक प्रक्रियाका कारण मृत्यु हुन्छ ।

मेफ्लाई

मेफ्लाईको जीवनचक्र धेरै छोटो हुन्छ । यो किरा पानीमा अण्डाबाट लार्भा भएर बन्छ र महिनौँसम्म पानीमा बाँच्छ । तर, एकपटक वयस्क भएपछि यसको मुख विकसित हुँदैन, जसले गर्दा यसले केही खान सक्दैन ।

वयस्क मेफ्लाईलाईको उद्देश्य सम्भोग गर्नु र अण्डा राख्नु हुन्छ । अण्डा दिएपछि यसले केही समयमै प्राकृतिक रूपमा प्राण त्याग गर्छ ।

साल्मन माछा

साल्मन माछाले आफ्नो जीवनको अन्त्यमा आफ्नो जन्मस्थानमा फर्केर आउँछ र त्यहाँ अण्डा दिएपछि मर्छ । यो प्रक्रिया तिनीहरूको जीवन चक्रको महत्त्वपूर्ण भाग हो । साल्मन माछा समुन्द्रबाट आफ्नो जन्मस्थान नदीको माथिल्लो भागमा फर्कन्छन् । त्यो यात्रा कठिन हुन्छ अन्ततः, तिनीहरू त्यहीँ पुगेर अण्डा दिन्छन् ।

अण्डा दिएपछि तिनको शरीरमा अत्यधिक हर्मोनल परिवर्तन आउँछ, तिनीहरूले खान छोड्छन्, शरीरमा सङ्क्रमण हुन्छ र शरीर गल्दै जान्छ । यसैले अण्डा दिएपछि साल्मन मर्छ । यो पनि एकपटक मात्र प्रजनन गर्ने जीव हो ।

प्रेयिङ म्यान्टिस

प्रेयिङ म्यान्टिसमा पोथीले सम्भोगपछि प्रायः भालेलाई खाने गर्छ । यसले प्रजनन सफल बनाउन सक्दो पोषण दिन्छ ।

अण्डा राखिसकेपछि पोथीको जीवन ऊर्जा सकिन्छ र प्रायः केही दिनमा मर्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here