आमा समुहको साधारण सभा तथा गणतन्त्र दिवसमा आमाहरु सम्मानित


१६ जेष्ठ २०८२, बिहीबार २०:२९ मा प्रकाशित

जेष्ठ १५, काँकरभिट्टा ।। झापाको मेचीनगर ६ मेची डाँडा स्थित पूर्व प्रगती आमा समुहले गणतन्त्र दिवसको अवसर पारेर आमाहरुलाई सम्मान गरेको छ । समुहको तेस्रो वार्षिक साधारण सभा तथा गणतन्त्र दिवसको अवसर आमाहरुलाई सम्मान गरेको हो ।साधारण सभाका अवसरमा संस्थालाई योगदान गरेवापत संस्थाकी संस्थापक अध्यक्ष राधा सिलवाल,पूर्वअध्यक्ष भगवती अधिकारी, ईन्दिरा रायामाझी, विष्णुमायाँ अधिकारी र पुष्पाकुमारी राईलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।

Advertisement

आर्थिक बचत कार्यक्रम समेत गर्दै आएको संस्थाले असल ऋणीका रुपमा उषा राई (उर्मीला) लाई प्रशंसा पत्रले सम्मान गरेको थियो । आमा समुहले संचालन गर्दै आएको बचत कार्यक्रमको तीन वर्षको शेयर र बचत रकम जम्मा गरेर ५८ लाख रुपैयाँ १ सय ८ जना समुहका सदस्यलाई सो कार्यक्रम वितरण समेत गरिएको थियो। संस्थाकी अध्यक्ष ईन्दिरा रायामाझीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले आमा समुहको कार्यको प्रसंशा गर्दै वधाइ दिएका थिए । कार्यक्रममा स्थानीय सामाजिक अगुवा,आमा समुहका सदस्य,बाल क्लबका सदस्य,टोल विकासका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन संस्थाकी सचिव मिना भण्डारी (पौडेल)ले गरेकी थिइन् । तीन वर्ष सम्मको आर्थिक कारोबारमा शेयर वापतको ५ हजार र मासिक १ हजारको बचत गरेर समुहमा बचत गर्ने आमाहरुलाई ५१ हजारका दरले वितरण गरिएको थियो ।पूर्व प्रगती आमा समुह मेची डाँडाले स्थापनाकालदेखि नै विभिन्न सामाजिक चेतनामूलक गतिविधिहरु समेत गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here