अनिलकेशरी शाहको राजिनामा स्वीकृत, रास्वपाको प्रशिक्षण विभागको जिम्मेवारीबाट बाहिरिए


१२ जेष्ठ २०८२, आईतवार १९:०२ मा प्रकाशित

जेष्ष्ठ ११, काठमाडौं ।।

Advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाहको राजीनामा स्वीकृत भएको छ ।

शाहले दिएको राजीनामा आइतबार बसेको केन्द्रीय समिति बैठकले स्वीकृत गरेको हो ।

‘पार्टीको नेतृत्व विकासमा योगदान गर्न सकिएला भनेर म प्रशिक्षण विभाग प्रमुख भएको हो,’ शाहले त्यसबेला भनेका थिए,‘तर, परिस्थिति यताउता पर्दा नेतृत्व विकास पार्टीको प्राथमिकतामा पर्न सकेन । त्यही भएर म पार्टीभित्र धेरै सक्रिय हुन सकेको छैन ।’

पार्टीमा रहने तर प्रशिक्षण विभाग प्रमुख छोड्ने बताएका थिए ।

प्रशिक्षण विभाग प्रमुख रहेका उनले पदीय भूमिकाअनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको आरोप समेत लाग्ने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here