गायक तथा संगीतकार डा. टिका भण्डारीलाई मेचीनगरमा सम्मान


२ बैशाख २०८२, मंगलवार ११:५६ मा प्रकाशित

बैशाख २, झापा ।। गायक तथा संगीतकार डा. टिका भण्डारीलाई आज एक विशेष कार्याक्रमको आयोजना गरि भण्डारी परिवारले सम्मान गरेको छ । पद्म ललिता भण्डारी परिवारले मेचीनगर ९ स्थित इश्वर भण्डारीको निवासमा डा. भण्डारीलाई सम्मान गरिएको हो । नेपालको राजनीतिक परिवर्तनमा प्रगतिशील गीतहरुको योगदान शीर्षकमा विद्यावारिधि गरेर राष्ट्र र समाजलाई विशिष्ट योगदान पुर्याएको भन्दै कार्यक्रमका प्रमुख अतिथि धुलावारी क्याम्पसका क्याम्पस प्रमुख पुष्पराज पौडेलले डा. भण्डारीलाई सम्म्मान पत्र र दोसल्ला ओडाएर सम्मान गर्नु भएको हो ।

Advertisement

“नेपाली राजनीतिक परिवर्तनमा प्रगतिशील गीतहरुको योगदान” विषयमा विद्यावारिधि गर्नु भएका नेपालको लोकतान्त्रिक आन्दोलनमा गीत संगीतको माध्यमबाट डा. भण्डारीले पुर्याएको योगदानको समेत स्मरण गर्दै सम्मान गरिएको बरिष्ठ पत्रकार चन्द्र भण्डारीले बताउनु भयो । सामान्य परिवारमा जन्मेर राष्ट्रको गौरब बन्न सफल बन्नु भएकामा डा. भण्डारीलाई मेचीनगरका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, समाजसेवी चन्द्रमणि पौडेल, लोहित चापागाई, लुना भण्डारी, विष्णुप्रसाद अधिकारी, अर्जुन पौडेल लगायतले बधाई तथा शुभकामना सहित सम्मान व्यक्त गर्नु भएको थियो ।
सम्मान कार्यक्रमको अध्यक्षता यामप्रसाद भण्डारीले गर्नु भएको थियो भने सञ्चालन पुष्पा भण्डारीले गर्नु भएको थियो । सोहि अवसरमा डा. भण्डारीद्वारा लिखित
नेपालको राजनीतिक परिवर्तनमा प्रगतिशील गीतहरुको योगदान र रेडियो नेपालका ७५ वर्ष ः १०१ श्रष्टा नामक दुई पुस्तकको सार्वजनिकीकरण पनि भयो ।
रेडियो नेपालको कार्यकारी प्रमुखबाट सेवा निवृत्त हुनु भएका डा. भण्डारीले ५ सय भन्दा बढि गीतहरुका संगीत दिनु भएको छ भने दर्जनौं मान पदवीबाट सम्मानित हुनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here