बैशाख १, मेचीनगर ।। काँकडभिट्टा भेट्रान फुटबल क्लबले आयोजना गरेको भेट्रान रोड रेसको उपाधी रामेछापका होमलाल श्रेष्ठले उछिनेका छन् । समाजसेवी विमला तामाङको ४१ औँ जन्मदिन र नयाँ वर्षको अवसर पारेर रोड रेस आयोजना भएको थियो ।

काँकरभिट्टा भेट्रान फुटवल क्लबका अध्यक्ष गंगालाल गुरुङको अध्यक्षतामा आज विहान सम्पन्न रोड रेसमा ४७ जनाले सहभागिता जनाएका थिए । मेचीनगर–७ स्थित सत्तिघट्टाबाट शुरू गरेको दौड काँकडभिट्टा खेलमैदानमा समापन भएको थियो । कार्यक्रमको उद्घाटन प्रदेश सभा सदस्य एव् प्रमुख सचेतक माननीय गोपाल तामाङले रिवन काटेर शुरू गरेका थिए ।
सहभागीहरू मध्ये रामेछापका होमलाल श्रेष्ठ प्रथम ३० हजार, दोस्रो काठमाडौंका धर्म महर्जनले २० हजार, तेस्रो रैवत बहादुर दाहालले १० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । सान्त्वना पुरस्कार नगद रु १ हजार ७ जनाले प्राप्त गरेका छन् । पुरस्कार सहितको व्यवस्थापन खर्च विमला तामाङका श्रीमान तथा भेट्रान क्लबका सदस्य सजित तामाङले गरेको भेट्रान रोड रेसका संयोजक राजु पौडलले बताए ।
रोड रेश प्रतियोगितामा ४० वर्ष भन्दा माथीका सहभागी थिए । बिजेताहरूलाई प्रदेश सांसद गोपाल तामाङले नगद मडल र प्रमाण पत्र प्रदान गरेका थिए । सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्दै आएको तामाङ परिवारले बिगत कोरोना कालसंगै बिपन्न परिवारको स्वास्थ तथा अन्य समस्यामा समेत निरन्तर योगदान पुर्याउदै आएको छ । रोड रेस करिव ४ किमी तय गरिएको थियो ।