चैत्र २६, काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (मङ्गलबार) बल्खुमा जनप्रदर्शन गर्दैछ ।
बल्खुमा आज बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा गरिने राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
भृकुटीमण्डपमा आमसभा गर्न अनुमति माग गरे पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफल वा बल्खुमा आमसभा गर्न भनेको थियो ।
प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको उनले बताए ।
राजसंस्था र हिन्दूराष्ट्रको पक्षधर दल राप्रपा तीनकुने घटनामा पक्राउ परेका आफ्ना नेता–कार्यकर्ताको रिहाइको मागसहित केही दिनयता आन्दोलनरत छ ।