संविधान संशोधनमा प्रदेशको सङ्ख्या हेरफेर हुन सक्छ : प्रधानमन्त्री ओली


१० फाल्गुन २०८१, शनिबार २१:२९ मा प्रकाशित

फागुन १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको सङ्ख्या हेरफेर हुनसक्ने सङ्केत गरेका छन् ।

Advertisement

काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनताले चाहेमा प्रदेशको सङ्ख्या घटाउन सकिने बताएका हुन् ।

प्रदेशको सङ्ख्या देश, विकास र जनताको आवश्यकता अनुसार सुधार हुने बताउँदै यस्ता कुरामा ‘रुवाबासी’ गर्न जरुरी नरहेको जिकिर प्रधानमन्त्री ओलीले गरे ।

उनले भने, ‘सात वटा प्रदेश ९ वटा पनि हुनसक्छन्, सात वटा प्रदेश पाँच वटा पनि हुनसक्छन् । त्यसो भयो भने पनि कुनै रुवाबासी गर्नुपर्ने आवश्यक छैन । ६ वटा पनि हुनसक्छन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here