बिराटनगर। प्रेस चौतारी नेपाल कोशी प्रदेश समितिको दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । विराटनगरमा बुधवार सम्पन्न अधिवेशनबाट अध्यक्षमा सुमन पुरी सहित ४९ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन भएको हो ।
नव निर्वाचित समितिको उपाध्यक्षमा झापा दमकका युवराज विवश, उपाध्यक्ष महिलामा मोरङ उर्लाबारीकी ज्योति चौहान, महासचिवमा विराटनगरका बाबुराम भण्डारी, कोषाध्यक्षमा झापा विर्तामोडका विशाल नेम्वाङ निर्वाचित भएका छन् । सचिवमा भोला श्रेष्ठ, रविन कट्टेल, गणेश विष्ट, दिनेश सुब्बा, लक्ष्मी उप्रेती र मञ्जु डाँगी सहित ४९ जना सदस्य निर्वाचित भएको निर्वतमान अध्यक्ष अविजाल विष्टले जानकारी दिनु भयो ।
चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेशका मुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की, एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाको विशेष आतिथ्य रहेको थियो ।