अमेरिकाले रोक्यो विदेशमा दिइने सबै सहयोग


१३ माघ २०८१, आईतवार ०९:३५ मा प्रकाशित

माघ १३, काठमाडौं । अमेरिकी अधिकारी र दूतावासहरूलाई पठाइएको ज्ञापनपत्र (मेमो)अनुसार अमेरिकाको विदेश मन्त्रालयले यसअघि विदेशमा गरिरहेको सहयोग रोकेको छ ।

Advertisement

लिक भएको यो सूचना राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार जारी गरेको कार्यकारी आदेशपछि आएको हो । यसमा विदेश नीतिको समीक्षा अवधिसम्म ९० दिनका निम्ति विदेशमा दिइने सबै प्रकारका सहायतामा प्रतिबन्ध लगाइएको छ ।

अमेरिका विश्वको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सहायता दाता हो ।

सन् २०२३ को सरकारी तथ्याङ्कअनुसार अमेरिकाले वैदेशिक सहायतामा ६८ अर्ब डलर खर्च गरेको थियो ।

अमेरिकी विदेश विभागको यो सूचना विकास कार्यदेखि सैन्य क्षेत्रसम्म सबैतिर लागू हुनेछ ।

विदेश विभागले जारी गरेको ज्ञापनपत्रमा इजरायल र इजिप्टलाई आपत्‌कालीन खाद्य सहायता र सैन्य सहायतालाई अपवादका रूपमा समावेश गरिएको छैन ।

लिक भएको मेमो पुष्टि भएको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here