युकेको टोलीले गर्यो प्रकृति पार्कको अवलोकन


२९ पुष २०८१, सोमबार १६:३५ मा प्रकाशित

पुस २९, बाहुण्डाँगी ।।गोर्खा मेमोरियल फण्ड युकेका प्रतिनिधि मण्डलले मेचीनगर वडा नम्बर ४ मा रहेको प्रकृति पार्कको अवलोकन भ्रमण गरेका छन् । सोमवार दिउँसो फण्डका अध्यक्ष धनकिरण गुरुङ र बेलायती नागरिक रे जनसन सहितको टोलीले भ्रमण अवलोकन गरेको हो ।

Advertisement


मेचीनगर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष अर्जुन कार्कीको निमन्त्रणामा बाहुन्डागी पुगेको टोलीमा गोर्खा मेमोरियल फाउनडेसन नेपालका अध्यक्ष गंगालाल गुरुङ, उपाध्यक्ष जगत गुरुङ सहितको टोलीलाई वडा कार्यालयमा स्वागत गरिएको थियो । कुर्सी टेवलविहिन वडा कार्यालयको कार्यकक्षमा अधयक्ष कार्कीले विदेशी अतिथिहरुलाई आफ्नै शैलीको गुद्री र पिरामा बसाएर स्वागत गरेका थिए । भुईमै राखेर बाहुन्डागीको कथा सुनाउनु भएको कार्कीको कुरा सुनिसके पछि जनसनले निक्कै रमाइलो मानेका थिए । “मलाई निक्कै रमाइलो लाग्यो” जीवनमा पहिलो पटक कुनै कार्यालयमा भुईमा बसेको अनुभव भएको सुनाउँदै बेलायती नागरिक जनसनले भने,–“यो मेरो लागि अनौठो र स्मरणीय रह्यो” ।


गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष धनकिरण गुरुङले हात्तिबाट प्रभावित बाहुन्डागीका लागि केहि गर्न चाहेको बताउनु भयो । हात्ति प्रभावित क्षेत्रमै निर्माण गरिएको प्रकृति पार्क र बाहुन्डागी वासीका लािग आफुहरु हातेमाले गर्न तयार रहेको बताउनु भयो । तरुल उत्सवका अवसरमा कार्कीले बेलायती टोलीलाई स्वागत तथा सम्मानका लागि निमन्त्रण गरेको हो । टोलीले बाहुन्डागीमा रहेका बहुतले नगदेवाली खेतीको समेत अवलोकन गरेको थियो ।

सुपारी खेती विकास संस्थाका अगुवा कृषक निलकण्ठ तिवारीले आफ्नो बहुतले खेतीको अवलोकन गराउनु भएको थियो । तरुल उत्सव आजै उद्घाटन हुने र साँझको साँगितिक माहौलमा धनकिरण गुरुङको समेत प्रस्तुती रहेको कार्कीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here