पुस २९, बाहुण्डाँगी । झापाको बाहुनडाँगीमा तेस्रो अन्तर्राट्रिय तरुल उत्सव आजदेखि सुरु हुँदैछ । ग्रामीण कृषकका उत्पादन तथा पौष्टिक खाद्य परिकारका रुपमा रहेको तरुलको महत्वका बारेमा जानकारी गराउँने उद्देश्य सहित तरुल उत्सव आयोजना हुँदै आएको हो ।
यस उत्सवले ग्रामीण पर्यटन र कृषी उत्पादनको प्रबर्धन गर्ने मेचीनगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्कीले बताउनु भयो ।
बाहुण्डाँगी हात्ती प्रभावित क्षेत्र भएकाले हात्तीले क्षति नगर्ने बालीका रुपमा पनि तरुलको खेती प्रबर्धन गर्ने उद्देश्यले तरुल उत्सवको आयोजना गरिएको वडा अध्यक्ष कार्कीले बताउनु भयो ।
तरुल उत्सवमा विभिन्न जातका तरुल किन्न पाईने तथा उत्सवमै पकाएर खान पाइने समेत व्यवस्था गरिएको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो । ‘संस्कृति र समुदायमा जरा गाडिएको उत्सव’ भन्ने मुल नाराका साथ आयोजना हुने उत्सवमा भारतबाट समेत अवलोकन गर्न आउने कार्कीले बताउनु भयो ।
मेचीनगर ४ स्थित बाहुनडाँगी बजारको मुख्य चोकमै उत्सव आयोजना गरिएको छ । उत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँगितिक प्रस्तुती समेत रहने छ । मेचीनगरवासी हाल युकेमा रहनु भएका धनकिरण गुरुङको समेत साँगितिक प्रस्तुती रहने आयोजकले बताएको छ । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालन हुने उत्सव आज दिउँसो दुई बजे उदघाटन हुने र तीन दिनसम्म सञ्चालन हुनेछ अध्यक्ष कार्कीले बताउँनु भयो ।