पौष २८, धुलावारीः झापाको मेचीनगर ६ मा रहेको सामूदायिक काँकरभिट्टा माध्यमिक विद्यालयलाई अम्वर—भक्ति कम्प्युटर प्रविधि शिक्षालयको स्थापना गरी २८ लाख रुपैयाँ मुल्य बराबरका ३१ थान डेक्सटप कम्प्युटर प्रदान गरेको द गोर्खा मेमोरियल फण्ड बेलायतले झापाको मेचीनगर –१० स्थित सामुदायिक धुलावारी माध्यमिक विद्यालयलाई नयाँ प्रविधिमैत्री कम्प्यूटर कक्षा हस्तान्तरण गरेको गरेको छ । काँकरभिट्टा माविमा २ वर्ष सम्म प्राविधिक सहयोग उपलब्ध गराउने घोषणासहित आफ्ना दिवंगत बाबु आमाको स्मृतिमा अम्वर—भक्ति कम्प्युटर प्रविधि शिक्षालयको नामाकरण भएको छ ।
हस्तान्तरणलगत्तै आइतबार मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी उपप्रमुख मीना पोखरेल उप्रेतीलगायतले विधिवतरुपमा उदघाटन गर्नुभएको छ । धुलावारी माध्यामिक विद्यलायको सभाहलमा द गोर्खा मेमोरियल फाउण्डेसन नेपालको संयोजनमा द गोर्खा मेमोरियल फाउण्डेसन वेलायतले ३२ लाख २० हजार रूपैयाँ मूल्य बराबरका ३१ वटा कम्प्युटर, टेवल र कार्पेट विछ्याइएको कोठाको उद्घाटन गरिएको हो ।
धुलाबारी माविमा तीनहजार पाँच सय ७३ विद्यार्थी अध्ययनरत छन् । नौ सयजना विद्यार्थी कम्प्युटर विषयका छन् । दुईवर्षको अनवरत क्रियाशीलताका कारण धुलावारी माविबाट एसएलसी उतिर्ण पूर्व विद्यार्थी द गोर्खा मेमोरियल फाउण्डेसन वेलायतका अध्यक्ष, फोक्सटन सिटीका पहिलो नेपाली पूर्व काउन्सिलर धनकिरण गुरूङको पहलमा ती सामग्री धुलावारी माविले प्राप्त गरेको हो । मेचीनगर नगरपालिकाकातर्फबाट १८ नोभेम्वर २००६ मा वेलायतको फोक्सटन सीटीलाई भगिनी सम्बन्ध स्थापनाका लागि अनुरोध गरिएका थियो । नेपालको अनुरोधलाई स्वीकादैं ११ अप्रिल र २३ सेप्टेम्वर २००८ मा मेचीनगरपालिकालाई भगिनी सम्बन्धका लागि दोहोरो पत्रचार भएको थियो । तत्कालिन नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट २०६४ साल कात्तिक २१ गते भगिनी सम्बन्धकालागि स्वीकृत प्राप्त भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख बुढाथोकीले द गोर्खा मेमोरियल फण्ड बेलायतले प्रविधियुक्त दक्ष जनशक्ति उत्पादन गर्ने उद्धेश्यले धुलावारी माविलाई हस्तारण गरेको उक्त कार्यको प्रशंसा गर्नुभयो । उहाँले अब हरेक नोपलीहरुले प्रविधि नपछ्याउने हो भने अझै तल पर्ने र यसले प्रविधियुक्त दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘अब हरेक क्षेत्रमा प्रविधियुक्त जनशक्ति चाँहिन्छ’ उहाँले भन्नुभयो—‘प्रविधिमा विश्व कहाँ पुग्यो अनि हामी कहाँ छौ । राष्ट्र निर्माणमा दक्ष जनशक्ति उत्पादन गर्न सकेनौ । दक्ष र प्रविधिमैत्री जनशक्ति उत्पादन नगर्ने हो भने हामी अझै तल पछौं । ’
नेपाली विश्वको जसुसुकै ठाउँमा भए पनि उस्को मन मस्तिष्क नेपालमै हुने भएकाले वेलायतमा रहेर पनि द गोर्खा मेमोरियल फण्ड बेलायत,धनकिरण गुरुङ, बेलायतका नागरिकहरुले नेपाल र नेपालीप्रति देखाएको सदभावले पनि बेलायत र नेपाल अनि बेलायतका नागरिक र नेपालका नागरिकबीचको सम्बन्धलाई अझ समधुर बनाउदैं लगेको विचार राख्नुभयो । मेचीनगरका थुप्रै सामुदायिक विद्यालयहरूमध्ये धुलावारी मावि उदाहरणीय बनेको र यसमा शिक्षक, अभिभावक, विद्यार्थीलगायतसवैको उत्तिकै योगदान रहेको स्पष्ट पार्नुभयो ।
विद्यलायमा यी सामानको दुरूपयोग नहुने र यसले अधिकतमरूपमा दक्ष जनशक्ति उत्पादन गर्नेमा आफू ढुक्क रहेको उहाँको भनाई छ ।
विशिष्ट अतिथि यपप्रमुख मीना पोख्रेल उप्रेती बेलायतले यसभन्दा अघि निक्कै सहयोगको स्मरण गराउनुभयो । कोभिडका बखत गरेको सहयोग नगरपालिकाले कहिल्यै नभुल्ने उहाँको भनाई थियो । नेपाल र वेलायतबीचको सम्बन्ध धेरै पुरानो र मैत्रीपुर्ण भएको भन्दैं यसले अझ नजीक बनाएको विचार उपप्रमुखको थियो ।
झापा मेचीनगर —६ काँकरभिट्टा निवासी पूर्व काउन्सिलर धन किरणले नेपाली समुदायलाई बेलायती समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निभाएको, उहाँले बेलायतमा बसेरै पनि नेपाल र नेपाली जनता त्यसमा पनि झापालीप्रति देखाएको सदभाव, माया ममता, नेपालको शिक्षा सामाजिक तथा स्वास्थ्यक्षेत्रमा निक्कै योगदान पुर्याएका चर्चा गर्नुभयो । गोर्खा मेमोरियल फण्ड युकेका संस्थापक अध्यक्ष समेत रहनु भएका गुरुङले द गोर्खा मेमोरियल फाउण्डेशन नेपालको पहलमा औषधि र अन्य उद्धारका सामाग्री नगरपालिकालाई प्राप्त भएको थियो ।
उहाँले सुविधा सम्पन्न बारुणयन्त्र र एम्बुलेन्स नगरपालिकालाई उपलब्ध गराउन खोजे पनि विभिन्न कारणले आधा बाटैबाट फर्किएको थियो । गुरुङले नेपाली समुदायलाई बेलायती समुदायसँग जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दैं उहाँलाई बेलायतमा ‘होम अफिस स्ट्रोङ्ग ब्रिज’ सम्मान प्रदान गरिएको थियो । नेपाल र नेपालीकालागि कलाकार समेत रहनु भएका गुरुङले वेलायतका विभिन्न स्थानमा च्यारिटी सो गरेर पनिे नेपालका लागि धेरै काम गर्नुभएको र उहाँको हरेक कदम प्रशंसनिय रहेको उपप्रमुख उप्रेतीको भनाई थियो ।
गोर्खा मेमोरियल फण्ड युकेका संस्थापक अध्यक्ष धनकिरण गुरूङले आफूले पढेर निक्कै ज्ञान आर्जन गरेर आफू यहाँ सम्म पुगेको बताउदैं आफुले पढेको विद्यालयलाई सहयोग गर्न पाउदा निक्कै खुशी लागेको धारणा राख्नुभयो । दुईवर्ष अघिको सपना आज पुरा भएको उहाँको भनाई छ । उहाँले वेलायको उच्च स्तरीय प्रविधिसँग अब मेचीनगरवासीलाई जोड्न लाग्ने बताउनुभयो ।
कार्यक्रमा प्रोजेक्ट कोडिनेटर ट्रस्टी रे जोन्सनले आफु अहिलेसम्म दुई पटक नेपाल आएको बताउदैं सामाजिक सेवाका लागि कुनै पर्खाल र सीमाले नछेक्ने बताउनुभयो । उहाँले यसले दुई शहरबीच दोहोरो सहयोग आदान प्रदान गर्न एक अर्काबीचका कला, संस्कृति रीतिरिवाजलाई सजिलै चिन्ने अवसर मिलेको बताउनुभयो । । मेचीनगरका उत्कृष्ट कम्प्युटर प्राविधिकहरुलाई लगेर नयाँ नयाँ तालिम दिएर अझ दक्ष बनाउने र उनीहरुले नेपालमा दक्ष जनशक्ति निर्माण गर्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा गोर्खा मेमोरियल फाउण्डेशन नेपालका अध्यक्ष गंगालाल गुरुङलगायतले बोल्नुभएको थियो भने प्रधानध्यापक महेन्द्रविलास लुइँटेलले धन्यवाद ज्ञापन गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशविक्रम नेम्वाङको सभापतित्वमा भएको कार्यक्रमको ओैचित्यमाथि प्रकाश विद्यालयका सहायक प्रधानध्यापक तेजप्रकाश चौलागाईँले पार्नुभयो । शिक्षक रमेश दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सहभागी सवैलाई विद्यार्थी इमिशा फिया्कले शब्दमार्फत स्वागत गर्नुभएको थियो । उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य, देवकी राजवंशीले आफ्नो जातीय कला, संस्कृति र भेषभुषा झल्किने राजवंशी नृत्य तथा साकेला नृत्य प्रस्तुत गरिएको थियो । झापाका पूर्वाेत्तर तथा दक्षिणीक्षेत्रमा प्रायः विद्यालयमा उनको भवन निर्माण, घेरावार, शौचालय निर्माण्मा निक्कै ठुलो योगदान छ । द गोर्खा मेमोरियल फण्ड बेलायतका संस्थापक अध्यक्ष, झापाली समाज लण्डनका अध्यक्ष तथा बेलायतस्थित फोक्टन सीटीका पूर्व काउन्सिलर धनकिरण गुरुङकै पहलमा रोल्पाको थवाङको वीर भलभद्र माविमा मिस ज्वाना लुम्ली कम्प्युटर टेक्नोलोजी एजुकेशस सेन्टर सञ्चालन भएको छ ।