पुस १३, झापा ।। झापा मेचीनगर–१० काँकरभिट्टामा रहेको दिव्यज्योति आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा. मोनिका कर्मचार्य अन्तराष्ट्रिय एवार्डबाट सम्मानित भएकी छन् ।
अन्तराष्ट्रिय समरसता मञ्च तथा इण्डो–नेपाल समरसता अर्गानाइजेसनले २६ जनवरी २०२४ (पुस ११ गते) का दिन काठमाडौंमा आयोजित वैश्विक शान्ति समरसता सम्मेलनका अवसरमा सम्मान गरेको हो । डा. मोनिकालाई आँखाको स्वास्थ्य र उपचारमा पुर्याएको योगदानको कदर गर्दै उपसभामुख इन्दिरा रानाले “जम्बूद्दिप पदम श्री एवार्ड” प्रदान गर्नु भएको थियो । नेपाल भारत सम्बन्ध र मानव सेवामा योगदान गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सो अवसरमा सम्मानित गरिएको थियो ।
अन्तराष्ट्रिय स्तरको सम्मान ग्रहण पछि आफुमा थप जिम्मेवारी र उर्जा थपिएको डा. मोनिकाले बताउनु भएको छ । आँखा जस्तो संवेदनशील अङगको उपचार र स्वास्थ्यका बारेमा सेवा गरेबापत प्राप्त भएको सम्मानले आफुलाई हौसला मिलेको डा. मोनिकाले बताउनु भयो । सो अवसरमा नेपाल भारतका उच्च पदस्त व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
दिव्यज्योति आँखा अस्पतालकी डा. मोनिकालाई अन्तर्राष्ट्रिय एवार्डद्वारा सम्मान
१३ पुष २०८१, शनिबार २१:३० मा प्रकाशित