ग्रामथानमा माओवादी केन्द्रकाे अग्रता, पछिपछि कांग्रेस


१७ मंसिर २०८१, सोमबार ०७:५८ मा प्रकाशित

१७ मंसिर, विराटनगर । माेरङकाे ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन् ।

Advertisement

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमाेनारायण माझीले ५ हजार ६६८ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेस उम्मेदवार बलराम सरदार थारुले ४ हजार १६७ मत पाएका छन् ।

नेकपा एमाले उम्मेदवार तुलसीराम विश्वास २ हजार ७५१ मतसहित तेस्रो स्थानमा छन् ।

यहाँ १८ हजार ५७७ मत रहेको यहाँ १४ हजार २९ मत खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here