कालिकोटको तिलागुफा–४ को वडाध्यक्षमा नेमकिपाका उम्मेदवार निर्वाचित


१६ मंसिर २०८१, आईतवार २०:४५ मा प्रकाशित

१६ मंसिर, काठमाडौं । प्रमुख राजनीतिक दलहरुलाई पछि पार्दै कालिकोटको तिलगुफा नगरपालिका–४ को वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले जितेको छ ।

Advertisement

नेमकिपाका खड्गराज शाहीले १४३ मत ल्याएर वडाध्यक्ष जितेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका नैसोभा शाहीले ११५ मत ल्याएकी छन् ।

नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारले भने तेस्रो र चौथो मत ल्याएका छन् । एमालेका ऐनबहादुर शाहीले ७८ र कांग्रेसका पैलबहादुर शाहीले ५९ मत पाए । राप्रपाका गोगनबहादुर शाहीले १७ र रास्वपाका गगन बलमे ५ मत ल्याए ।

०७९ को चुनावमा यहाँ माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो । माओवादीका परबहादुर शाहीले २३४ मत ल्याएर वडाध्यक्ष जित्दा नेमकिपाका दिपबहादुर शाही १६१ मत सहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । अर्थात् यहाँ नेमकिपा पहिले पनि बलियो प्रतिस्पर्धी शक्ति थियो, र यसपटक वडाध्यक्ष जित्यो ।

तर कांग्रेस र एमाले भने पहिले पनि दयनीय अवस्थामा थिए । ०७९ को चुनावमा एमालेका धनसरा शाहीले ४ र कांग्रेसका मलेबहादुर शाहीले ३ मत ल्याएका थिए । त्यसको तुलनामा यो उपचुनावमा एमाले र कांग्रेसले ठूलो संख्यामा मत बढाए ।

माओवादीले भने आफ्नो जित जोगाउन सकेन । पहिलोपटक चुनाव लडेको रास्वपाको नतिजा पनि निराशाजनक रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here