मन्त्रिपरिषद्को बैठक बस्दै


३ मंसिर २०८१, सोमबार ०८:४२ मा प्रकाशित

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पूर्व सभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारका विषयमा आवश्यक निर्णय गरिने जनाइएको छ ।

Advertisement

८३ वर्ष उमेरका ढुंगानाको आइतबार काठमाडौंको पुरानो बानेश्ररमा कलेजो रोगको उपचारका क्रममा निधन भएको थियो । ढुंगानाको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउन आइतबार नै सभामुख देवराज घिमिरेले सरकारको ध्यानाकर्षण गराउनु भएको थियो ।

स्वर्गीय ढुंगानाको आज सोमबार अन्तिम संस्कार गरिने उहाँको परिवारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here