प्रेस काउन्सिलबाट झापाली पत्रकार बराल र तिवारी पुरस्कृत हुने


५ आश्विन २०८१, शनिबार २१:३३ मा प्रकाशित

असोज ५, बिर्तामोड । प्रेस काउन्सिल नेपालले झापाबाट दुई जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।

Advertisement

काउन्सिलको ५५ औं स्थापना दिवसको अवसरमा आइतवार झापाका पत्रकार रमेश तिवारी र पुष्प बराललाई पुरस्कृत गर्दैछ ।

१२ हजार नगदसहित प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कारबाट पत्रकार तिवारी र १० हजार नगदसहित प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट पत्रकार बराल पुरस्कृत हुन लागेका हुन् ।

तिवारी नयाँ पेपर डटकमका सम्पादक, एवम् बिर्तामोड नगरपालिकाका प्रेस संयोजक हुन् भने बराल पर्दाफास डटकमका सम्पादक हुन् । उनी रेडियो भिजनमा समेत कार्यरत छन् ।

उनीहरुलाई काउन्सिलको स्थापना दिवसको अवसरमा आइतवार आयोजना हुने कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कृत गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here