रुसको भूभाग नियन्त्रणमा लिएको युक्रेनको दाबी, ‘उचित जबाफ’ दिने रुसी राष्ट्रपतिको चेतावनी


२९ श्रावण २०८१, मंगलवार ०८:३१ मा प्रकाशित
Local boys Faddei and Oleksandr play in front of a church damaged during Russia's invasion of Ukraine, in the village of Kolychivka, in Chernihiv region, Ukraine April 27, 2022. REUTERS/Vladyslav Musiienko TPX IMAGES OF THE DAY

साउन a२९ ।। कमान्डर ओलेक्जान्डर सीर्स्कीले युक्रेनले कुर्स्क क्षेत्रमा आफूहरूको कारबाही जारी राखेको बताएका छन्।

Advertisement

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अरू देशमा युद्ध निम्त्याएको रुसभित्रै युद्ध युगेको बताएका छन्।

तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको इलाकाभित्र प्रवेश गरेको बदलामा युक्रेनलाई ‘समुचित जबाफ दिने’ चेतावनी दिएका छन्।

विज्ञापन

युद्ध सुरु भएयता युक्रेनी फौज पहिलो पटक रुसी भूभागको ३० किलोमिटरभित्र पसेको विवरणपछि राष्ट्रपति पुटिनले त्यस्तो बताएका हुन्।

युक्रेनको आक्रामक कदमपछि राष्ट्रपति पुटिनले क्षेत्रीय गभर्नर र सुरक्षा अधिकारीहरूसँग महत्त्वपूर्ण बैठकहरू गरेका छन्।

पुटिनले एउटा बैठकमा रुसी फौजले ‘दुस्मनलाई लखेट्ने’ बताएको समाचारहरूमा जनाइएको छ।

युक्रेनी फौज गत मङ्गलवार प्रवेश गरेको रुसको कुर्स्क क्षेत्रका गभर्नरले युक्रेनी फौजले २८ वटा गाउँ नियन्त्रणमा लिएको बैठकमा बताएका छन्।

गभर्नर एलेक्सी स्मिरनोफले बैठकमा युक्रेनी फौज आफ्नो क्षेत्रको १२ किलोमिटरभित्र रहेको जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here