कविता: सपना


२६ श्रावण २०८१, शनिबार १०:१३ मा प्रकाशित

जमुना खरेल//

Advertisement

धेरै मानिसको अधुरो सपना
थोरै रोजगारी बनेको छ ।
भावले सकिन्छ भगवन भेट्न
संगीत पुजारी बनेको छ । ।।
राष्ट्रको नाममा विश्वले देख्ने
सुन्दर फूलबारी बनेको छ ।।।
शीतलता दिने मुल बाटोमा
साहित्य चौतारी बनेको छ ।

===================

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here