प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, शनिवारका सवै कार्यक्रम रद्ध


२६ श्रावण २०८१, शनिबार ०९:३१ मा प्रकाशित

साउन २६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओली शुक्रवार तय भएको सवै कार्यक्रम स्थगित गरी आराम गर्नुभएको हो । शनिवारको कार्यक्रमसमेत रद्ध गरिएको छ ।

Advertisement

शुक्रवार प्रधानमन्त्री ओलीका तीन महत्वपूर्ण कार्यक्रम रहेपनि बिहान बालवाटारमा चिकित्सकहरुसँगको कुराकानीपछि सवै रद्ध गरिएको हो । प्रधानमन्त्री ओलीले शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चतनारायण आचार्यसहित सवै मन्त्रीसँग भेट्ने कार्यक्रम रहेपनि स्वास्थ्यमा समस्या आएपछि आइतबार सारिएको छ ।

मुख्यमन्त्री आचार्यले शुक्रबार सामूहिक भेट्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि आइतबार ११ बजेलाई साय सारिएको जानकारी आएको बताउनु भयो । ‘प्रधानमन्त्रीज्यूसँग शुक्रवार भेट्ने कार्यक्रम उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार ११ बजेलाई सारिएको छ’ मुख्यमन्त्री आचार्यले भन्नुभयो ।

अस्वस्थताकै कारण प्रधानमन्त्री ओली नेकपा एमाले वन तथा वातावरण विभागले सामुदायिक वन दिवसको अवसरमा आयोजना गरेको वनको दिगो व्यवस्थापन, समृद्धि र जनवायु न्याय विषयक राष्ट्रिय नीति सम्वाद कार्यक्रममा समेत सहभागी हुनुभएन । प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकार टीमले भने यस बिषयमा औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here