बंगलादेशमा विद्यार्थी आन्दोलनका कारण सत्तापलट


२१ श्रावण २०८१, सोमबार २१:०८ मा प्रकाशित

एजेन्सी । अन्ततः बंगलादेशमा आरक्षण विरोधी विद्यार्थी आन्दोलनका कारण सत्तापलट नै भएको छ ।

Advertisement

विद्यार्थी आन्दोलनमा बर्बर दमन भएको भोलिपल्ट प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देशै छाड्नु परेको छ ।

आइतबार भएको बर्बर दमनको विरोधमा कफ्र्युको बेवास्ता गर्दै सोमबार सडकमा उत्रिएका विद्यार्थी र सर्वसाधारण प्रदर्शनकारी प्रधानमन्त्री निवासमा धावा बोल्न अघि बढेपछि प्रधानमन्त्री हसिना सेनाको हेलिकप्टर चढेर भारततर्फ भाग्नुभएको हो ।

राष्ट्रपति समक्ष राजीनामा दिएर विदाई भाषण रेकर्ड गराउन खोजेकी प्रधानमन्त्री हसिना हतार हतारमा भाग्नु परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रधानमन्त्री हसिना देशबाट भागेलगत्तै प्रधानमन्त्री निवासमा प्रवेश गरेका प्रदर्शनकारीले त्यहाँ खुशीयाली मनाएका थिए । प्रधानमन्त्री हसिनाले देश छाडेलगत्तै बंगलादेशका सेना प्रमुख वकार उज जमानले देशवासीका नाममा सम्बोधन गर्दै आन्दोलनकारीहरुलाई देशमा शान्तिक कायम राख्न अपील गर्नुभयो ।

सेना प्रमुखले आन्दोलनकारीका सवै माग पुरा गरिने बचन पनि दिनुभएको छ । छिट्टै अन्तरिम सरकार गठन गर्ने भन्दै उहाँले त्यसका लागि राजनीतिक दलहरुसंग छलफल शुरु भईसकेको पनि बताउनु भएको छ । अन्तरिम सरकार गठन नभएसम्म भने सेना नै सम्हाल्ने पनि उहाँले उल्लेख गर्नुभएको छ ।

विद्यार्थी आन्दोलनलाई बेलैमा सम्बोधन गर्न नसक्दा शेख हसिनाको १५ वर्ष लामो शासनकाल अनायाशै टुंगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here