गुरु बराल बने एमाले उपाध्यक्ष


१७ श्रावण २०८१, बिहीबार १७:५९ मा प्रकाशित

साउन १७, काठमाडौं नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

Advertisement

उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद रिक्त रहेको थियो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हाल्नु भएको थियो । पुराना नेता बराल बैचारिक रुपमा अब्बल रहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here