एमालेले परिवर्तन गर्यो सातै प्रदेशको इञ्चार्ज, दुई जना दोहोरिए


१७ श्रावण २०८१, बिहीबार १७:२५ मा प्रकाशित

साउन १७, काठमाडौं  नेकपा एमालेले सातवटै प्रदेशको इञ्चार्जको जिम्मेवारी परिवर्तन गरेको छ । आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशका इञ्चार्ज परिवर्तन गरेको हो ।

Advertisement

एमाले महासचिव शंकर पोखरेलका अनुसार बैठकले कोशी प्रदेशको इञ्चार्जमा शेरधन राई, मधेश प्रदेशको इञ्चार्जमा लीलानाथ श्रेष्ठलाई तोकेको छ । यसअघि सो प्रदेशमा क्रममा सचिव रघुबीर महासेठ र योगेश भट्टराई इञ्चार्ज हुनुहुन्थ्यो ।

यस्तै बागमति प्रदेशमा डा. राजन भट्टराई, गण्डकी प्रदेशमा किरण गुरुङ, लुम्बिनी प्रदेशमा पदमा अर्याल, कर्णाली प्रदेशमा गोरबहादुर बोगटी र सुदुरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इञ्चार्जको जिम्मेवारी दिएको छ । यसअघि पदमा गण्डकी र लेखराज कर्णाली इञ्चार्ज हुनुहुन्थ्यो भने किरण, राजन र गोरखले नयाँ जिम्मेवारी पाउनु भएको हो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here