मेचीनगरले सीटी रिक्सा लगायतमा लगाएको पूर्वाधार करको चौतर्फी विरोध, निर्णय सच्याउँन आफनै दलभित्रबाट नगर नेतृत्वलाई दवाव ।


१४ श्रावण २०८१, सोमबार २०:५६ मा प्रकाशित

साउन १४, मेचीनगर ।। मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षका लागि पूर्वाधार उपयोग दैनिक सवारी कर भनेर गाउँ पस्ने कालोपत्रमा ढाँट लगाएर कर उठाउन थाले पछि व्यापक विरोध हुन थालेका छ ।
चालु आव २०८१÷०८२ का लागि भनेर गत साउन १ गतेदेखि नगरपालिकाले कन्टेनरलरीदेखि सिटी रिक्सासम्म ८ प्रकारका सावारी साधनबाट कर असुल्न थालेको हो । नगरपालिकाले सार्वजनिक सूचना आव्हान गरी टेन्डरमार्फत नै ठेक्का लागाएको थियो । सोहि अनुसार साउन १ गतेबाट कर संकलन सुरु भएको नगरपालिका स्रोतले बताएको छ । तर यस्तो कर संकलनका सन्दर्भका कहि कतै छलफल नभएको भन्दै नगरपालिकाको नेतृत्व गरिरहेको दल नेकपा एमालेका नेता, कार्यकर्ताहरुले नै यसको विरोध गरिरहेका छन् । सोे करबारे नेकपा एमाले जिल्ला कमिटी सदस्य राजु पोखरेलले आफ्नो फेसबुकमा स्टाटस नै लेखेर करको विरोध जनाएका छन् । नेता पोखरेलले विकासका नाममा कालो पत्रेमा हिडे बापत पैसा तिर्नु पर्ने गरीको कार्यले श्रमजीवि वर्गलाई बढि प्रभाव पार्ने भएकाले आफुले यस्तो कार्य टुलुटुलु हेरेर बस्न नसकेको उल्लेख गरेका छन् । उनले भनेका छन्–“जुनसुकै पार्टीको भए पनि गलतलाई गलत भन्न सक्नु पर्दछ । जनसरोकारका यस्ता विषयमा निर्णय लिनु पूर्व सम्बन्धित सबै पक्षसँग सल्लाह सुझाव लिएको भए हुन्थ्यो, त्यस्तो पनि देखिएन ।” नगरपालिकाले यो जे गरेको छ गलत गरेको छ भन्दै उनले तुरुन्त सच्याउन सुझाव दिएका छन् । एमालेको दुई तिहार बहुमत भएको नगरमै एमालेका नेता कार्यकर्ताले सार्वजनिक रुपमा यस्तो कार्यको विरोध गरेका छन् ।

Advertisement

नगरपालिकालाई कर तिर्न आफुहरु तयार रहेको तर यस्तो अव्यवहारिक कर तिर्न नसकिने मजदुर नेता तथा सिटी चालक एकराज तिम्सिनाले बताएका छन् । यातायात मजदुर क्षेत्रका स्थापित नेता तिम्सिना यतिबेला स्वरोजगारमूलक रुपमा सिटी चलाउदै आएका छन् । उनले नगरपालिकाले दोहोरो करप्रणाली अपनाएको भन्दै यस्तो कर तिर्न नसकिने बताउका छन् । उनले भने, “नगरले वार्षिक रुपमा एउटा सिटीबाट २ हजार रुपैया लिने गर्छ, फेरी दैनिक यो रकम पनि तिर्नु पर्ने भए पछि मजदुर मारा नीति भयो यो । यसले नगरपालिका र नगरवासी कसैलाई कुनै फाइदा गर्दैन । यस्तो कर प्रणली तुरुन्त खारेज हुनु पर्दछ ।”
नगर पालिकाले भने यसलाई नियम अनुसार नै संकलन गरिएको बताएको छ । नगर स्रोतले सार्वजकि सूचना आव्हान गरेर नै ठेक्का लगाएको बताएको छ । स्रोतका अनुसार नगरपालिकाले ओम बाठौं निर्माण सेवालाई यो ठेक्का दिएको छ । सोहि ठेकेदारले मेचीनगरका विभिन्न स्थानमा ढाँट लगाएर कर असुलिरहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here