अठार महापुराण अध्ययन गर्ने सिलसिलामा ६ वटा पुराण र महाभारतको संक्षिप्त रूपमा कुनै पढेर र कुनै सुनेर सिद्धयाएँ
सवै समेटेर पुस्तक तयार गर्ने विचारमा छु।
हाम्रा यी ग्रन्थ धार्मिक आध्यात्मिक मात्र नभएर विज्ञान आयुर्वेद स्वास्थ भाषिक नैतिक कला संस्कृतिलाई पनि समेटिएका विश्वका नै निधि हुन भन्ने लाग्यो ।
पुराणहरु एक अर्कासँग मिल्दा जुल्दा छन । कुनै कुनै पुराणमा रामायणका कथाहरु पनि पाइन्छन । यी अठार पुराणका उपपुराणहरु पनि छन जस्मा २ वटाको पनि संक्षिप्त अध्ययन गरिसके । यी उपपुराणहरुमा पनि महापुराणमा जतिकै कथा वस्तुहरु पाइन्छन । यिनीहरुमा पनि रामायण महाभारतका कथाहरु जोडनको रूपमा समावेस गरिएका छन।
यी पुराणहरुमा प्राय समावेस भएका मिल्दा जुल्दा कुराहरुमा ((( सेवा, यज्ञ उपासना आथित्यता घर व्यवस्थापन यात्रा व्यवस्थापन वृक्ष व्यवस्थापन सम्मान अग्नि संक्रान्ति मसान्त गृहस्थ साधु सन्त भोजन दान मंत्र तरङ्ग शक्ति उर्जा आस्था न्याय अन्याय धर्म आचार विचार मासिकधर्म वनस्पति प्राणी किटपतङ पानी सागर पहाड हिमाल दिन दुर्दिन सत्व रज तम गुण प्रवित्ति सुखःदुखः व्रम्हचर्य ऋतु दिनरात साँझ क्षमा दम दया दान दानव मानव मन वाणी गुरु चेला शास्त्र अनुगमन सत्य सन्तोष क्रान्ति मित्र शत्रु वर्ण शिक्षक रक्षक पोषक सेवक अहिंसा हिंसा बुद्धि वचन विवेक असल गुण प्रेम घृणा आत्मा आज्ञापालक खानपान सन्त गृहस्थाश्रम वानप्रस्थ लडाई शान्ति अर्चना वन्दना तीर्थ व्रत सृष्टि प्रकरण हत्या हिंसा सगठन सहयोग सन्तान अण्डज वीर्य समर्पण सजगता नारीकवज वंश जस्ता अरुथुप्रै कुराहरू एक पुराण र अर्को पुराणका कथाहरुमा मिल्छन ।
युद्ध कला, जीवनकला अरु धेरै कलाले सत्कर्मको पक्षमा नै कार्य गर्दै जानुपर्ने बताउछ । चरित्रले मान्छेलाई चिनाउँछ त्यसैले सत्चरित्र निर्माण गर्न तिर नै समय खर्चनु पर्ने रहेछ भन्ने पनि सिकिन्छ ।
यी सबै पुराणहरु उत्तिकै महत्वका लाग्ने रहेछन् । पूर्वीय सभ्यताका यी धरोहर सबै सबैजना सँग त नहोला तर प्रविधिको युगमा प्रविधि द्वारा प्राप्त गर्न सकिने रहेछ ।
सबैभन्दा ठूलो कुरा त इच्छा शक्ति र आँट भए असम्भव नहुने रहेछ। अध्ययनको क्रममा संक्षिप्त रुपमा मैले अध्यन गरेका पुराणहरुमा वर्णानुक्रम अनुसार अग्नि पुराणका कुराहरु अति संक्षिप्त रूपमा यहाँ राख्न चाहान्छु ।
अग्नि पुराण
अग्निपुराणलाई भगवानको वायाँ चरणको रूपमा लिइएको छ।
यस्मा १५४०० श्लोकहरु छन। यो अठार पुराण मध्येको सातौ पुराण हो ।
अग्निका दिदीवहिनी दिन र रात हुन । श्रीमति स्वाहा हुन । अग्निीका तीन छोरा छन। प्रत्येक घरमा दियो वालिनुपर्दछ । अग्निकुण्ड निर्माण र विधिका कुराछन ।
हवन गर्ने सामाग्री स्वच्छ हुनुपर्ने, समी पिपल ऑप गोगुल पाख्री डुम्री वर वेल चन्दनका समिदा उत्तम र सालको पनि लिन सकिन्छ ।
सुकेका कमलका डण्ठी गाईको गोवरले सुकेको पारिजातको फूल पनि मिसाएर आहुती गर्न सकिन्छ । किरा र कमिला लागेका काँडा भएका दाउराहरुले गर्न मिल्दैन।
जम्मा २९ वटा समिदा चाहिन्छ ।
५ं५ं५. १५
३ं३ं३. ०९
ं५. ०५
यी प्रत्येक समिदाका आआफना नाम र काम छन ।
घरमा राखिनुपर्ने कुराहरु, कात्तिक महिना र दीप दानको महत्व तीर्थका महिमा, द्रव्य सुद्धि , पात्र सुद्धि पूजा विधि, मन्मन्तर, गहस्थीहरुका वृत्ति, संयमता आदिका वारेमा वृस्तृत रूपमा लेखिएको छ। ग्रहण लाग्दा केही गर्नुपर्ने कुरा, आचमनका कुरा आदिपनि चर्चा गरिएका छन।
शिक्षा दानलाई ठूलो दान मानिएको छ । मृत संजिवनी, ज्वरो, अनिद्रा , निरञ्जन, हुँदा खानुपर्नेकुराहरु उलेख छ। सन्तान नहुनेले वृक्ष रोप्नै पर्ने, त्रिफला बनाउने तरिका हिङ सुठो कालोनुनका घ्यू मह सखरका औषधीय गुणको पनि चर्चा छ साथै छाला चाउरी नपर्ने अनुहार चम्किने तरिकाहरुको पनि वर्णन गरिएको छ।
अग्निले वशिष्ठलाई त्यसपछि व्यासलाई पछि सूतजीलाई पछि सौनकादिलाई सुनाएको कुरा अति संक्षेपमा मैले पनि यहाँ उल्लेख गरेको छु । क्रमश चर्चा गर्दै जानेछु ।