‘रिटिङ रिटिङ नबजाउ बिनायो’ गीतका सर्जक एलपी जोशीको निधन


११ श्रावण २०८१, शुक्रबार ०९:०५ मा प्रकाशित

काठमाडौं । लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ ।

Advertisement

बिहीवार झापाको विर्तामोडस्थित घरमा उनको निधन भएको हो । बेलुकाको खाना खाएपछि उनी अकस्मात बेहोस भएका थिए ।

दमकस्थित घरबाट अस्पाल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

२०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका उनले २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए ।

‘रिटिङ रिटिङ‘ उनको सबैभन्दा हिट गीत हो । ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो‘’ गीतसमेत चर्चित छ । अन्तिम संस्कार शुक्रबार बिहान ११ बजेपछि झापाको कन्काई माइमा हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here