एमाले मेचीनगरले यसरी सम्झियो संस्थापक नेता पुष्पलाललाई


७ श्रावण २०८१, सोमबार १०:५६ मा प्रकाशित

साउन ७, झापा ।। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औंं स्मृति दिवस आज विभिन्न कार्यकंम आयोजना गरि बनाएको छ ।
नेकपा एमाले मेचीनगर नगर कमिटीले आज एक कार्यकं्रम गरी पुष्पलालको जीवनी र योगदानका बारेमा चर्चा गरेको थियो । मेचीनगर ६, काँकरभिट्टा स्थित बिपी पुष्पलाल बाटिकामा रहेको पुष्पलालको पूर्ण कदको सालिकमा माल्यार्पण गरी उनको योगदानको चर्चा गरिएको हो ।

Advertisement


मेचीनगर कमिटीका अध्यक्ष राजु कार्कीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य मीना उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । संस्थापक नेता पुष्पलालको जीवनी र योगदानका बारेमा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष प्रेम गिरीले चर्चा गर्नु भएको थियो । सोहि अवसरमा पुष्पलाई श्रेष्ठको सालिकसँगै रहेको बीपि कोइरालाको सालिकमा पनि माल्यार्पण गरिएको थियो । नगरकमिटी उपाध्यक्ष कञ्चन तामाङले स्वागत गर्नु भएको कार्यक्रममा एमाले केन्द्रीय सल्लालकार परिषद सदस्य विष्णु प्रसाई, प्रदेश केमिटी सदस्य देवकुमार राई, प्रदेश कमिटीका पूर्व सदस्य श्रीप्रसाद मैनाली, नगर प्रमुख गोपालचन्द्र बुढाथाकी, रामचन्द्र उप्रती लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चाल नगर कमिटी सचिव सागर ओलीले गर्नु भएको थियो ।
संस्थापक नेता पुष्पलालको स्मृति दिवसकै अवसर पारेर अनेरास्ववियु मेचीनगर नगर कमिटीले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here