विमिन्स एशिया कप क्रिकेटको पहिलो खेलमा यूएईमाथि नेपालको जित


५ श्रावण २०८१, शनिबार ०८:३० मा प्रकाशित

श्रीलङ्कामा शुक्रवारबाट सुरु भएको एशियाली महिला क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता ‘विमिन्स एशिया कप’ को उद्घाटन खेलमा नेपाली टोलीले युएईलाई छ विकेटले पराजित गरेको छ।

Advertisement

पाँच महिनाअगाडि यूएई एसीसी प्रिमिअर कपको विजेता बनेको थियो। उसले शुक्रवारको खेलमा नेपाललाई ११६ रनको लक्ष्य दिएको थियो, जसलाई नेपाली टोलीले १६.१ ओभरमा पूरा गर्‍यो।

दाम्बुल्ला रङ्गशालामा टस जितेर पहिले फील्डिङ रोजेको नेपालविरुद्ध यूएईले २० ओभरमा आठ विकेट गुमाउँदै ११५ रन जोडेको थियो।

जबाफमा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गर्‍यो।

नेपालबाट कप्तान इन्दु वर्माले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिइन् भने ब्याटिङमा सम्झना खड्काले अविजित रहँदै सर्वाधिक ७२ रनको पारी खेलिन्।

उनले ४५ बलमा ११ चौका प्रहार गरिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here