खबरमञ्च साप्ताहिक नवौं वर्षमा, अग्र्यानिक समाचारमा सधै अगाडि


३ श्रावण २०८१, बिहीबार २१:५१ मा प्रकाशित

साउन ३, झापा ।।  झापाको मेचीनगरबाट नियमित प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक ९ वर्षमा प्रवेश गरेको छ । २०७४ साल साउनबाट प्रकाशन सुरु गरेको साप्ताहिकले आज एक कार्यक्रमबीच नवौं वर्ष प्रवेश कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement
received_1432985614096002-1721305215.jpeg

नवौं वर्ष प्रवेश अंकले स्थानीय समाचारलाई महत्व दिएको र पाठकका रुची अनुसारकै अग्यानिक समाचार प्रकाशन गरेको कार्यक्रममा सहभागिले बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा मेचीनगर नगरपालिका वढा नम्बर ७ का वडा अध्यक्ष प्रल्हादमणि ओलीले स्थानीय पत्रकारहरुले विकास निर्माण र जनचासोका विषयमा उठान गरेका विषयहरुले जनप्रतिनिधिलाई सचेत गराउने बताए । सोअवसरमा बोल्दै अध्यक्ष ओलीले नगरका कलम चलाउने पत्रकारहरुलाई समेट्न नसकिएको बताए ।

जनप्रतिनिधिले गरे नगरेको विषयमा निरन्तर खबरदारी गर्न अध्यक्ष ओलीले उपस्थित संचारकर्मीहरुलाई आग्रह गरे ।

वार्षिक उत्सव समारोहमा प्रेस क्लब अध्यक्ष डम्बर बराल, संस्थापक अध्यक्ष सन्तोष आचार्य, पूर्व अध्यक्ष लक्ष्मी उप्रेती पत्रकार जीएन् शर्मालगायतले सुझाव तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशक/संपादक प्रकाश पौडेलले पत्रिकाको विगत र वर्तमानका विषयमा सहभागीलाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here