गणेश प्रसाईले दिए श्रीमतीलाई “अजम्बरी” उपहार


३ श्रावण २०८१, बिहीबार ०९:४० मा प्रकाशित

काठमाडौं । एनआरएनए आयरल्याण्डका पूर्व अध्यक्ष तथा समाजसेवी गणेश प्रसाईंले उपहार स्वरुप आफनी श्रीमती देवी सिवाकोटीलाई डेडिकेटेड गर्दै तयार पारिएको गीत सार्वजनिक गरेका छन् । “अजम्बरी” नाम दिइएको उक्त गीतमा गायक तुलसी सिवाकोटी र देवी सिवाकोटी प्रसाइको स्वर रहेको छ ।

Advertisement

नबराज शर्माको शब्द रचना र सीडी विजय अधिकारीको संगीत रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीले निर्देशन गरेका छन् । केहि दिनअघि नेपाल आएका बेला उनले अहिलेका चर्चित मोडेलहरु आकाश श्रेष्ठ र गरिमा शर्मा राखेर भिडियोको छायांकन गरेका थिए। गीतको भिडियोमा एउटा विवाहित जोडीले २५ बर्षे बैबाहिक जीवनसम्म आइपुग्न माया प्रेमको लागि गरिएको त्याग, समर्पण र संघर्षलाइ देखाइएको छ ।


बुद्ध थापाको सिनेमाटोग्राफी र माधव बेल्बासेको सम्पादन रहेको ‘“अजम्बरी” गीतको भिडियोलाइ गायक तुलसी सिवाकोटीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here