ढल्यो परमादेश, पुनःस्थापित भए केपी ओली


३१ असार २०८१, आईतवार २१:३६ मा प्रकाशित

जहाँबाट गल्ती भयो, त्यँहीबाट सच्याउने कामको थालनी भएको छ । इतिहास उही बिन्दुमा आइपुगेर सच्चिएको छ । संबिधान भन्दा बाहिर गएर सत्ताच्यूत गरिएका केपी ओली सत्तामा पुनःस्थापित हुनुभएको छ ।

Advertisement

गणेश बस्नेत

संबिधान निर्माण हुनुअघि सहमति, सहकार्य र एकताको नारा खुवै घन्कियो । गत बर्ष यस धर्ती त्याग्नुभएका सम्मानित नेता तथा संबिधानसभा अध्यक्ष सुवासचन्द्र नम्वाङले बिपरित ध्रुवतिर दलका नेता हिडन थालेपछि यो नारा प्रतिपादन गर्नुभएको थियो संबिधानसभाबाट नयाँ संबिधान बनाउने कामका लागि । त्यसबेला सवैको मुखमा यही भनाई रहन्थ्यो । सुवासको त्यो नाराले परिणाम दियो । तर केही बर्षयता भने परिणामभन्दा उथल पुथल बनाउने गरी अर्काे शब्द प्रतिपादन भएको छ ।

अहिले प्रतिगमन शब्दको खुव प्रयोग भइरहेको छ । २०७७ साल पुस ५ यता ‘प्रतिगमन’ शब्दको आबिष्कारक नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा आजकै दिन संसदमा बिश्वासको मत नपाएर हुनुहुन्छ । उहाँले आज पनि संसदमा ‘प्रतिगमन’ शब्दको प्रयोग निकै गर्नुभयो । आफू पदबाट हटनु नै ‘प्रतिगमन’ भन्ने बुझ्नुभएका प्रचण्डले बिश्वासको मत नपाउने निश्चित देखेपछि कांग्रेस र एमालेको समीकरण र सहमति ‘प्रतिगमन’ हो भन्ने भाष्य निर्माण गर्नुभयो । उहाँलाई थाह नभएको होइन ‘प्रतिगमन’ भनेको ‘पछाडि पट्टी जानु, फर्किनु, उल्टो बाटो हिडनु’ हुन्छ भन्ने तथ्य । तर जनतालाई भ्रममा पार्न सकिन्छ कि भनेर न्वारानदेखिको कल लगाएर यो नारा घन्काइरहनु भएको छ । आज पनि त्यही प्रयाश गर्नुभयो ।

समय निकै बलवान छ । यस्को सामु कसैको केही लाग्दैन । समय निर्मम र कठोर पनि छ भन्ने सत्य फेरि एकपटक उदघाटित भएको छ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमार्फत । तीन बर्षअघि आजकै दिन प्रधानमन्त्री ओलीलाई संबिधानभन्दा बाहिर गएर सत्ताच्यूत गरिएको थियो । जननिर्वाचित प्रधानमन्त्रीलाई परमादेशबाट फाल्ने अनौठो र दुनियाँसामू लज्जित हुनुपर्ने घटना तीन बर्ष अघि आजकै दिन भयो । तर तीन बर्षपछि त्यो कालो दिनको दाग मेटिएको छ ।

परमादेशबाट फालिएको तीन बर्षपछि उही दिन जननिर्वाचित संसदको बलमा ओली प्रधानमन्त्रीमा पुनःस्थापित हुनुभएको छ । तीन बर्ष अघिको गलत र कलंकित इतिहास सच्याउन त्यसबेला प्रधानमन्त्री नियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफै अग्रसर हुनुभएको छ । कांग्रेसका सभापति देउवाको समेत हस्ताक्षरमा एमाले अध्यक्ष ओलीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि दावी पेश गर्नुभएको छ ।

प्रचण्डलाई बिस्थापित गरी प्रधानमन्त्री बन्ने नायक अदालतले संबिधानभन्दा बाहिर गएर पदमुक्त गरेको ब्यक्ति अर्थात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्नुभएको छ । अनि केपी ओली तीन बर्षअघि अदालतबाट प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाकै प्रस्तावमा प्रधानमन्त्रीको पदभार सम्हाल्न लाग्नुभएको छ । जननिर्वाचित प्रधानमन्त्रीलाई अदालतमार्फत फालेर प्रधानमन्त्री बनाउने फोहोरी अनि संबिधानबिरोधी हर्कत पनि आजबाट सकिएको छ भने दुई ठूला शक्तिलाई भिडाएर सत्तामा रहिरहने ढाडमा टेकेर टाउकोमा हान्ने माओवादी अध्यक्ष प्रचण्डको रणनीति नराम्रोसँग पराजीत हुन पुगेको छ ।

यो कामसँगै तीन बर्षअघिको प्रतिगमन सच्चिएको छ । जननिर्वाचित संसद नै प्रधानमन्त्री बनाउने र हटाउने थलो हो भन्ने सच्चाइलाई त्यसबेला अस्वीकार गरियो । तर आज त्यो सच्चाई फेरि स्थापित भएको छ । स्वयं कांग्रेस सभापति देउवाले आफ्नो अनुहारमा लागेको दाग मेटाउनु भएको छ, आफैले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गनए भन्दै हस्ताक्षर गरेर । तीन बर्ष अघि २०७७ असार २८ गते सर्वाेच्चअदालतको परमादेशमार्फत जननिर्वाचित प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्दै सिधै प्रधानमन्त्री नियुक्त गरियो ।

अदालतको आदेश संबिधानबिपरित रहेको भएपनि तात्कालिन राष्ट्रपति बिद्यादेवी भण्डारीले आदेशको पालना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभयो ।
आज संसदको बलमा केपी ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतवार प्रधानमन्त्री नियुक्त गर्ने गरी शपथग्रहणको कार्यक्रम राखिने जानकारी दिनुुभएको छ । अर्थात जहाँबाट गल्ती भयो, त्यँहीबाट सच्याउने कामको थालनी भएको छ । इतिहास उही बिन्दुमा आइपुगेर सच्चिएको छ । संबिधान भन्दा बाहिर गएर सत्ताच्यूत गरिएका केपी ओली सत्तामा पुनःस्थापित हुनुभएको छ । यो दृष्यसँगै उथल पुथलका खेलाडी प्रचण्ड संसदमा दुई तिहाईभन्दा बढीको अबिश्वासको भारी बोकेर पदमुक्त हुनुपरेको छ ।

प्रचण्डलाई बिस्थापित गरी प्रधानमन्त्री बन्ने नायक अदालतले संबिधानभन्दा बाहिर गएर पदमुक्त गरेको ब्यक्ति अर्थात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बन्नुभएको छ । अनि केपी ओली तीन बर्षअघि अदालतबाट प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाकै प्रस्तावमा प्रधानमन्त्रीको पदभार सम्हाल्न लाग्नुभएको छ । जननिर्वाचित प्रधानमन्त्रीलाई अदालतमार्फत फालेर प्रधानमन्त्री बनाउने फोहोरी अनि संबिधानबिरोधी हर्कत पनि आजबाट सकिएको छ भने दुई ठूला शक्तिलाई भिडाएर सत्तामा रहिरहने ढाडमा टेकेर टाउकोमा हान्ने माओवादी अध्यक्ष प्रचण्डको रणनीति नराम्रोसँग पराजीत हुन पुगेको छ । समयले प्रचण्ड र माधवकुमार नेपालहरुमाथि नमिठो बदला लिएको छ । ओलीलाई प्रधानमन्त्रीबाट हटाउनकै लागि नेकपा फुटाइएको थियो ।

जेहोस, असार २८ ले केपी ओलीलाई चाहने मतदाताको आह्वान पूरा गरेको छ । गत निर्वाचनमा सवैभन्दा बढी घन्काइएको गीतको सार ‘परमादेशको गठबन्धन फालौं.. यसपाली त सूर्यमा भोट हालौं’ भन्ने जनताको आवाज पनि पूरा भएको छ । १२ बर्षमाखोला पनि फर्कन्छ भन्ने नेपालीमा प्रचलन छ । तर केपी ओलीको हकमा भने तीन बर्षमै खोला फर्किएको छ 

कांग्रेस सभापति देउवा तयार नहुँदा नहुँदै माधवलाई बचाउनु पर्यो भनेर अदालतमार्फत ओलीलाई हटाइयो । तर देउवा आफैले प्रचण्ड र माधवको लहलहैमा लागेर गलत काम गरियो भन्दै तीन बर्षपछि त्यो गल्ती सच्याउनु भयो । उहाँ र ओली मिलेर मुलुकलाई अघि बढाउने बाचा गर्नुभयो । देउवाले ऐना सफा गरेर बस्ने होइन, अनुहारमा दाग रहेछ भनेर अनुहार नै सफा गर्नुभएको छ । केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउने कसैले बोकाएको भारी बोकेकाहरुमाथि समयले बदला लियो । त्यही कारण नेकपाकालिन ५ नेता प्रचण्ड, माधव, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ अहिले एउटै लाइनमा उभिनु परेको छ । ओलीको साथमा स्वयं देउवा आइपुग्नु भएको छ । तीन बर्षमा जे–जस्ता घटनाहरु भए, ती सवैका साँक्षी नेपाली जनता छन ।

यसबीचमा भएको घटनाक्रम नियाल्दा बदला लिने पाकिस्तानी मोडलको सुरुवातसमेत भयो । सत्ताको आडमा तस्करी मौलायो । सत्तारुढ माओवादीका नेतादेखि कार्यकर्तासम्म सुन तस्करीमा संगठित रुपमा लागे । सत्ताको आडमा प्रधानमन्त्रीले सवैलाई जोगाउनु भयो । तर सुशासनको नारा भने दिन छाडनु भएन । जाने बेलामा संसदमा प्रधानमन्त्रीका रुपमा अन्तिम सम्बोधन गर्दासमेत आफैले सुन तस्कर जोगाएको तथ्यलाई मोडन सुशासनको गफ लामै दिनुभयो ।  तर उहाँको गफ उहाँकै सांसदले समेत पत्याउन नसकेको दृष्य संसदमै देखियो । संसदमा देखिएको उहाँकै दल माओवादीकै सांसदको अनुहारले भनिरहेको थियो, ‘हाम्रो सिएमले त ठाडै झुट पो बोले ।’

जेहोस, असार २८ ले केपी ओलीलाई चाहने मतदाताको आह्वान पूरा गरेको छ । गत निर्वाचनमा सवैभन्दा बढी घन्काइएको गीतको सार ‘परमादेशको गठबन्धन फालौं.. यसपाली त सूर्यमा भोट हालौं’ भन्ने जनताको आवाज पनि पूरा भएको छ । १२ बर्षमाखोला पनि फर्कन्छ भन्ने नेपालीमा प्रचलन छ । तर केपी ओलीको हकमा भने तीन बर्षमै खोला फर्किएको छ । केपी ओलीलाई गलत सावित गर्न लागेकाहरु आफै लज्जित हुनुपरेको छ । अनि सूर्यलाई हत्केलाले छोप्ने दुश्प्रयाश अव कोही कसैले नगरुन भन्ने प्रष्ट सन्देश पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here