पेट्रोल र डिजेलको मूल्य बढ्यो


१८ असार २०८१, सोमबार ०९:११ मा प्रकाशित

असार १७, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ ।

Advertisement

आइतबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ ४१ पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैया ९१ ले बढेको हो । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६४ रुपैयाँ ५० पैसा र डिजेलको मूल्य १ सय ५४ रुपैयाँ ५० पैसा कायम भएको छ ।

दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६६ र डिजेलको मूल्य १ सय ५६ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here