पत्रकार महासंघ झापाले बनायो निर्वाचन समिति


१३ असार २०८१, बुधबार १२:०२ मा प्रकाशित

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ ।

Advertisement

झापा शाखाको आज बसेको बैठकले प्रमुख निर्वाचन अधिकृतमा शिरोमणि खतिवडा (सान्दाइ) को नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको हो । समितिको सदस्यमा अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता लक्ष्मी खनाल कोइराला रहेको अध्यक्ष एकराज गिरीले जानकारी दिए।

नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र जिल्लाको सहित तीनै तहको निर्वाचन तालिका सार्वजनिक गरेको छ । सोही अनुरुप झापा शाखाले पनि निर्वाचन समिति गठन गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here