पहिरोमा परी लमजुङको दोर्दीमा एक किशोरको मृत्यु


१३ असार २०८१, बुधबार ११:४६ मा प्रकाशित

लमजुङ — लमजुङको दोर्दी गाउँपालिका-९ धैरेनी सुनारगाउँमा पहिरोले घर पुरिँदा एकजना किशोरको मृत्यु भएको छ । अविरल वर्षासँगै मंगलबार राति पहिरो जाँदा घरमा सुतिरहेका १६ वर्षीय विकल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

उनका दाई १८ वर्षीय मिलन सुनारसहित २ दाजुभाइ सुतिरहेको अवस्थामा माथिबाट पहिरो घरमा खसेपछि दुवैजना घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि बेंसीसहरस्थित लमजुङ अस्पताल ल्याइकोमा अस्पताल ल्याउनेबित्तिकै विकललाई बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए ।

उनका अनुसार घाइते मिलनको लमजुङ अस्पतालमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here