कुष्ठ प्रभावितहरुलाई अभिमुखिकरणसहित सामग्री हस्तान्तरण


१२ असार २०८१, मंगलवार १२:५९ मा प्रकाशित

बिर्तामोड, १५ बैशाख : बिर्तामोडका कृष्ठ बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले कुष्ठ प्रभावितहरुलाई स्वयम् हेरचाह सम्बन्धी अभिमुखिकरण प्रदान गर्दै सामग्री हस्तान्तरण गरेको छ ।
बुधबार नगर अस्पतालमा आयोजित एक कार्यालयका बीच कुष्ठ प्रभावितहरुलाई सचेतना प्रदान गर्दै स्वास्थ्य सरसफाईका लागि सामग्री वितरण गरिएको हो । ३० जना कृष्ठ प्रभावितहरुलाई नगर प्रमुख पवित्रा महतारा प्रसाईले सामग्री हस्तान्तरण गर्नुभयो ।
सरसफाईका लागि औषधि, बाटा, मग, जुत्तामोजा लगायतका सामग्री हस्तान्तरण गरिएको थियो । सिनियर अहेव दिपक सापकोटाका अनुसार प्रभावितहरुलाई दुई घण्टाको अभिमुखिकरण समेत प्रदान गरिएको थियो ।
जिल्लाकै उच्च जोखिम रहेको बिर्तामोड नगरपालिकामा बालबालिकाहरुमा समेत कुष्ठरोग फेला परेको छ । बालबालिकाहरुमै रोग देखिएपछि समुदायमा फैलावट धेरै भएको बताइएको छ ।
स्वास्थ्य शाखाले समुदायसम्म पुगेर कुष्ठरोगका संक्रमित विरामीहरुको खोज पड्तालसँगै विरामीहरुको उपचारमा सहजीकरण गरिरहेको छ ।
उक्त कार्यक्रममा नगरप्रमुख पवित्रा महतारा प्रसाईले सरसफाईमा विशेष ख्याल गर्न आग्रह गर्नुभयो। उहाँले कुनै समस्या भए तत्कालै नगर अस्पताल आएर उपचारमा सहयोग लिन सूझाव दिनुभयो ।
नागरिकको स्वास्थ्य सेवामा नगरपालिका प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

Advertisement

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here