चीनमा कम्युनिष्ट पार्टीका नेताले भड्किलो जीवनशैली अपनाए कारवाही हुने


२५ बैशाख २०७८, शनिबार १५:०५ मा प्रकाशित

भ्रष्टाचार नियन्त्रणसम्बन्धी चीनको सर्वोच्च निकायले भड्काउ एवं सुखभोगी जीवनशैली अपनाउने चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तामाथि कारबाही गरेको जनाएको छ ।

Advertisement

यस वर्षको शुरुदेखि हालसम्म २७० जनामाथि कारबाही गरिएको चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अनुशासन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्रत्येक १० वटा मुद्दामध्ये नौवटा मुद्दा भड्काउ र सुखभोगसँग सम्बन्धित रहेका छन् । आयोगको वेबसाइटमा प्रकाशित विवरणमा अधिकांश मुद्दामा संलग्न व्यक्तिले महँगा सामान, नगद उपहार वा गिफ्ट लिएको उल्लेख छ ।

प्रकाशित मुद्दाहरूमध्ये ४६.८ प्रतिशत अनुशासन उल्लंघनसँग सम्बन्धित छन् । स्प्रिङ फेस्टिवल, ड्रागन बोट फेस्टिवल, मिड–अटम्न डे र नेसनल डे समेतका प्रमुख चिनियाँ पर्वहरूमा पार्टीका नेताहरुबाट अनुशासन उल्लंघन भएको पाइएको छ ।

आयोगले भ्रष्ट अधिकारीहरुमाथि दण्ड सजाय सिफारिस गर्नुका साथै कतिपयलाई चेतावनी दिइएको जनाएको छ । चीनमा पार्टीका नेताहरु नै अधिकांश सरकारी निकायका पदाधिकारी हुने प्रचलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here